पहिरोले बन्द मुग्लिन–नौबिसे सडक खुल्यो

भदौ ३०, २०७८ मा प्रकाशित
Published at 2021-09-15

244 views

काठमाडौँ । पहिराेको कारण बन्द भएको मुग्लिन–नौबिसे सडक खुलेको छ । सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी बन्द भएको सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान दुईबजेतिर पहिरो खसेर सडक बन्द भएको थियो । पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.