पहिरोका कारण घरबास क्षति पुगेका दुई परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिवाट तत्काल राहत उपलव्ध

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

280 views

त्रिशूली । अविरल वर्षातको कारणले विदुर नगरपालिका वडा नं. १ वान्द्रेमा पहिरो जांदा घरबास क्षति ब्यहोरेका राजु विक र आईते तमाङलाई विपद् व्यवस्थापन समिति मार्फत जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहत रकम उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका विपत् व्यवस्थापन शाखाले आईतवार पिडित राजु विक र आईते तमाङको परिवारलाई प्रति परिवार १५ हजार रुपैयाँको दरले आज तत्काल राहत प्रदान गरिएको हो ।

यही साउन १५ गते शुक्रबार राती आएको अविरल वर्षाको कारण राजु विक र आईते तमाङको घरमा क्षति पुगेको थियो भने राजु विक, उनको श्रीमती र छोराछोरीलाई कोठामा सुतिरहेको अवस्थामा राती करिव १२ वजेको समयमा पहिरोले आधा भन्दा वढी शरिर पुरिरहेको अवस्थामा छिमेकीहरूले उद्वार गरि अस्पताल पुराएका थिए । राजु विकको श्रीमतीको गोडा पहिरोले थिचेर भाचिएको छ भने उनको छोराछोरी र उनलाई समेत सामान्य चोट लागेको प्रहरी प्रतिवेदनको आधारमा पीडित परिवारलाई नगद रुपैयाँ उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय विपत् व्यवस्थापन शाखाले जानकारी दिएको छ ।

विपद् पीडित भएकालाई तत्काल राहत सहयोग उपलब्ध गराउने कार्यक्रम अन्तरगत एक साता अघि पनि जिल्ला प्रशासन कार्यालय विपद् व्यवस्थापन शाखाका अधिकारीहरुको टोलीले दुप्चेश्वर गाउँपालिका वडा नं. ७ शिखरबेशीमा गएको पहिरो पीडितलाई नगद रुपैयाँ र टेन्ट उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.