नेप्से ६९ दशमलव ५१ अङ्कले घट्यो

कार्तिक १, २०७८ मा प्रकाशित
Published at 2021-10-18

167 views

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से घटेर आज साेमवार राताम्मे भएको छ । नेप्से आज ६९ दशमलव ५१ अङ्कले घटेर दुई हजार पाँच सय ८७ दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर ३८ अङ्कले, विकास बैंकको एक सय ६७, होटलको ८८, फाइनान्सको ९८, माइक्रोफाइनान्सको एक सय ८५ र जलविद्युत् समूहको शेयर एक सय दुई अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय ७७ अङ्कले, जीवन बीमा समूहको तीन सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको चार सय २७ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।

आज दुई सय १८ कम्पनीको शेयर कारोबार भएकोमा १० वटाबाहेक सबैको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर १० प्रतिशतले घटेको छ । आज ८७ लाख कित्ता शेयर दुई अर्ब ९६ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.