नेप्से सामान्य घटे पनि सात कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

साउन ११, २०७८ मा प्रकाशित
Published at 2021-07-26

173 views

काठमाडौँ । आइतवार ५५ अङ्कले बढेको नेप्से आज साेमवार भने घटेको छ । नेप्से आज आठ दशमलव २४ अङ्कले घटेर तीन हजार ५० दशमलव ४२ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर साढे ४३ अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको शेयर ३४ अङ्कले, अन्य समूहको शेयर साढे १० अङ्कले घटेको छ । आज व्यापार, होटल, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन, बीमा र जीवन बीमा समूहको शेयर भने बढेको छ ।

आज दुई सय २३ कम्पनीका तीन करोड ७० लाख कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ३९ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि विशाल बजार कम्पनी, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, ग्रीन लाइफ हाइड्रो, ङादी ग्रुप पावर, हिमालय ऊर्जा विकास कम्पनी र रिडी हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.