नेप्से शून्य दशमलव ६२ अङ्कले घट्यो

भदौ २४, २०७८ मा प्रकाशित
Published at 2021-09-09

203 views

काठमाडौँ । शेयर बजार आज बिहीवार सामान्य घटेको छ । व्यापार, जलविद्युत् र जीवन बीमाबाहेक अरू समूहको शेयर घटेपछि नेप्से शून्य दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७५ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर दुई अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको १२, होटलको तीन, फाइनान्सको ३६, माइक्रोफाइनान्सको १८, निर्जीवन बीमा समूहको ६ र अन्य समूहको शेयर २२ अङ्कले घटेको छ ।

आज रिडी हाइड्रो र सिटिजन्स म्युचल फन्डकाे शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि हिमालयन पावर पार्टनर र सानिमा लाइफ इन्स्याेरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय ३० वटा कम्पनीका एक करोड ४४ लाख ७४ हजार कित्ता शेयर सात अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै रिडी हाइड्रोको ४९ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.