नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

साउन १९, २०७८ मा प्रकाशित
Published at 2021-08-03

47 views

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो ।

कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो ।

तीव्र उचारढवाका बिच नेप्से परिसूचक २ बजेर २२ मिनेटसम्म ३ हजार १ सय ६ दशमलव ९६ अंकमा पुगेको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहगत सबइन्डेक्सहरु बढेर हरियो देखिएका छन् ।

कारोबार बन्द हुँदासम्म नेप्से परिसूचक २६ दशमलव ०२ अंकले बढेर ३ हजार १ सय ११ दशमलव ०९ अंकमा पुगेको छ । कारोबार रकम साढे ११ अर्ब रुपैयाँ माथि पुगेको छ । २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.