नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

साउन २१, २०७८ मा प्रकाशित
Published at 2021-08-05

152 views

काठमाडौँ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलव ४५ अंकमा झरेको छ । यस अघि मंगलबार र बुधबार लगातार नेप्से परिसूचक बढेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेको छ । कारोबार रकम पनि बढेको छ । दिनभर भएका १ लाख ३५ हजार ४२ कारोबारबाट २२६ कम्पनीका २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ पुगेको छ । समूहगत सबइन्डेक्सहरुमा विकास बैंक समूह भने १०८ अंक भन्दा धेरैले बढेको छ ।

बैंकिङ समूह पनि झिनो अंकले बढ्दा बाँकी सबै समूहका सबइन्डेक्सहरु घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.