नेपाल र बंगलादेशको महिला फुटबल टिमबीच मैत्रीपूर्ण खेल हुँदै

भदौ २४, २०७८ मा प्रकाशित
Published at 2021-09-09

222 views

काठमाडौँ । एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगिता बिहीबार हुँदैछ । यसै खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेब्यु गर्दैछ ।

उमेर समूहको टिमले दशरथ रंगशालामा खेले पनि सिनियर टिमले भने ३५ वर्षको इतिहासमा पहिलो पटक खेल्न लागेको हो ।

यस्तै पहिलो पटक महिला टिमले विदेशी प्रशिक्षकको प्रशिक्षणमा खेल्द‌ैछ । अष्ट्रेलियन ग्यारी फिलिप्सको आगमनपछि महिला टिमले पहिलो खेल खेल्न लागेको हो ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीमा रहेका नेपालले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलले छनोटमा सहयोग पुग्ने विश्वास लिएको छ ।

नेपाली टिम मुख्य स्ट्राइकर सावित्रा भण्डारीविना पहिलो पटक खेल्दैछ । घुँडामा चोट लागेपछि कतारमा गएर शल्यक्रिया गराएकी सावित्रा हाल आराम गरिरहेकी छन् ।

प्रशिक्षक ग्यारीले नयाँ खेलाडीका लागि यो खेल अवसर हुने बताएका छन् । नेपाली टिममा यसपटक ७ नयाँ अनुहार छन् ।

नेपाल र बंगलादेशबीचको खेल साँझ ५ बजे शुरु हुनेछ। त्यसका लागि एन्फाले सामान्य प्यारापिटतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य राखेको छ ।

टिकट प्रभु पे बाट किन्न सकिने एन्फाले जनाएको छ । यस्तै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनबाट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.