नेकपा एमालेको बाेलकोटगढी नगरकमिटीको कार्यालय उद्घाटन

साउन १६, २०७८ मा प्रकाशित
Published at 2021-07-31

175 views

बाघखोर । नुवाकोटको बेलकोटगढीमा नेकपा एमालेको नगरकमिटीको कार्यालय उद्घाटन गरिएको छ । नेकपा एमालेका युवा नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले कार्यालयको शनिबार उद्घाटन गर्नुभयो ।

कार्यलयको उद्घाटन गर्दै मन्त्री पाण्डेले अब स्थानीय चुनवाको तयारीका लागि जुट्न निर्देशन दिए । उनले एमालेले गरेका सबै काम जनताको बीचमा लगेर अन्तरक्रिया गर्नुपर्नेमा जोड दिए । विकासका लागि एमालेको सरकारले धेरै राम्रा कामहरू गरेको उल्लेख गर्दै मन्त्री पाण्डेले ती सबै कामका बारेमा नागरिकलाई जानकारी गराउन निर्देशन दिए । उनले आगामी दिनमा एमालेको सरकार नागरिकका हक हितमा अधिकतम काम गर्दै अघि बढ्ने बताए ।

बेलकोटगढीको केन्द्रमा रहेको बाघखोरमा पार्टी कार्यालय स्थापना गरिएको नगरकमिटीक अध्यक्ष नवराज तिवारीले जानकारी दिए । उनले क्रमश वडा पार्टी कमिटीको समेत कार्यालयहरू स्थापना गरिने जानकारी दिए । कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.