नुवाकोटबाट प्रशारण हुदै आएको रेडियो चिम्टेश्वर छैटौ वर्षमा

अशोज १३, २०७८ मा प्रकाशित
Published at 2021-09-29

131 views

बाघखोर । युवा सञ्चार नेपाल मार्फत सञ्चालनमा रहेको सामुदायिक रेडियो ‘रेडियो चिम्टेश्वर’ ९०.९ मेगाहर्ज आजदेखि स्थापनाको छैटौँ वर्षमा प्रवेश गरेको छ ।
पाचवर्ष अघि २०७३ साल असोज १३ गतेदेखि नियमित प्रशारण आरम्भ गरेको रेडियो चिम्टेश्वरले विभिन्न आरोह–अबरोह पार गर्दै स्थापनाको छैटौ वर्षमा प्रवेश गरेको हो । नुवाकोट सहित छिमेकी जिल्लाहरु रसुवा, धादिङ्ग, गोरखा, लमजुङ्ग, मकवानपुर, सिन्धुपाल्चोक लगायतको जिल्लामा समेत सुन्न सकिने रेडियो चिम्टेश्वरलाई इन्टरनेट अनलाइनको सहयोगमा “रेडियो चिम्टेश्वर डट.कम.डट एनपी” मार्फत रेडियोबाट प्रशारण भएका सबै सामाग्रीहरु प्रत्यक्ष रुपमा सुन्न सक्नुहुनेछ भने मोबाइल एप्समा ‘हाम्रो पात्रो’बाट समेत रेडियो चिम्टेश्वर मार्फत सजिलै बजाउन सकिने भएपछि हाम्रो पहुँच विश्वको जुनसुकै स्थानसम्म पु-याउदै श्रोताको माझमा हाम्रो उपस्थितीलाई नजिक बनाउदै आइरहेका छौ ।
नुवाकोटको सुन्दरनगरी ‘बेलकोटगढी नगरपालिकाको शान : नुवाकोट सहित आसपासको समुदायको पहिचान’को बन्दै आएको रेडियो ‘रेडियो चिम्टेश्वर’ ले भौगोलिक विकटता, रेडियो सञ्चालनको लागि आवश्यक श्रोतको व्यवस्थापनको सहज उपलब्धताको कमीका लगायतका कारण विभिन्न समस्याको बीच बट्टार बजारबाट सुरु गरेर दुई वर्ष अघि अर्थात २०७६ साल असोजदेखि बेलकोटगढीको बाघखोर बजारबाट रेडियोको प्रशारण सञ्चालनमा ल्याइएको हो ।


‘पे्रmण्डस एफएम’बाट प्रशारण शुभारम्भ भएको रेडियो चिम्टेश्वर अहिले जिल्लाकै शक्तिशाली उपकरणको रुपमा अपलिङ्क जडान गरेर विदुर र बाघखोरमा दुईवटा स्टुडियोबाट एकैसाथ आफ्नो सेवा प्रशारण गर्न सकिने व्यवस्था सहित आमश्रोताको माझमा लोकप्रिय कार्यक्रम र प्रस्तुती सहितको सेवा कसरी दिन सकिन्छ भनेर प्रयासरत रहदै आएको छ ।
मुख्य कार्यालय तथा प्रशारण केन्द्र बेलकोटगढीको बाघखोर रहेको सामुदायिक रेडियो ‘रेडियो चिम्टेश्वर’को कार्यक्रम उत्पादन कार्यालय नुवाकोटको विदुरबाट सुरु गरी अहिले हाम्रो प्रशारणमा नियमित, उत्कृष्ट कार्यक्रम र श्रोताको सुझाब मनन् गर्दै अगाडी बढ्दै आइरहेका छौ ।
व्यावसायिक पत्रकारितामा क्रियाशिल रहेका ‘रेडियो पत्रकार’को टोलीले जिल्लाकै सबैभन्दा बढी स्थानमा सुन्न सकिने रेडियोलाई जिल्लामै पहिलो पटक सामुदायिक रेडियोको अवधारणालाई आत्मसाथको अभ्यास गर्दै अरुलाई समेत नयाँपन र सञ्चारमाध्यमको भूमिका कस्तो हुनुपर्छ भनेर पाठ समेत सिकाउन कोशिस गर्दै आइरहका छौ ।


छैटौ बर्ष प्रवेशले सूचना प्राप्त गर्ने श्रोताको अधिकार प्रतिको थप जिम्मेवारी र व्यवसायिक पत्रकारिताको अभ्यासलाई अनुसरण गरेको रेडियो सञ्चालक समितिका अध्यक्ष एंव नेपाल पत्रकार महासघ नुवाकोटका निवर्तमान अध्यक्ष प्रकाशकुमार अधिकारीले स्थापना दिवसको अवशरमा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
छैटौ वर्ष प्रवेशको अबशरमा रेडियो चिम्टेश्वरका अध्यक्ष अधिकारले विज्ञप्ती मार्फत रेडियोलाई समुदायको एक शक्तिको रुपमा उभ्याउन र आम नागरिकको दैनिक जनजीवनसंग जोड्नका लागि अझ प्रयासरत रहने प्रतिबद्धता जनाउनुभएको छ ।
रेडियो चिम्टेश्वरको अगाडी बढ्ने यात्रामा श्रोताहरुले दिनुहुने सुझाव, सल्लाह र सहयोगले निश्चित गन्तव्यको यात्रा सुनिश्चित बनाउन टेवा मिल्ने अध्यक्ष अधिकारीले जारी गरेको विज्ञप्तमिा भनिएको छ ।
छैटौँ वर्ष प्रवेशको अवशरमा रेडियो चिम्टेश्वरले जनतालाई सू–सुचित हुने संबैधानिक अधिकारलाई सम्बोधन गर्दै प्रशारण गर्दै आएको सेवालाई आगामी दिनमा अधिकारसम्पन्न रुपमा स्थापना भएका स्थानीयतहसम्म केन्द्रित गर्दै प्रशारणको प्रथामिकता दिएर लैजाने प्रतिबद्धता रेडियोको व्यावस्थापक तथा सञ्चालक समितिका उपाध्यक्ष राजुमित्र खनालले बताउनुभएको छ ।
यसअघि केन्द्रिकृत रुपमा उत्पादन हुने समाचार तथा खबर नभई बेलकोटगढी नगरपालिकालाई मुख्य केन्द्रबिन्दुमा राखेर नुवाकोट सहित आसपासको जिल्लालाई प्रथामिकता दिदै आवाज बिहिनहरुको आवाजको रुपमा निरन्तर जनताको आवाजको माध्यम रेडियो चिम्टेश्वरलाई बनाउन केन्द्रित रहने प्रतिबद्धता जनाउने छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.