नागढुङ्गाबाट धादिङको सिस्नेखोलासम्मको यात्रा कठिन बन्दै

अशोज २३, २०७८ मा प्रकाशित
Published at 2021-10-09

589 views

काठमाडौँ । काठमाण्डौको नागढुङ्गाबाट धादिङको सिस्नेखोलासम्मको यात्रा कठिन बन्दै गएको छ।

सुरुङ निर्माणको काम भइरहेको तथा साँघुरो बाटो र गाडीको चाप धेरै हुने भएकाले यो क्षेत्रमा घण्टाैँ जाम हुने गरेको खानीखोला प्रहरीले जनाएको छ । घण्टौँसम्म जाम हुँदा दशैँका लागि घर फर्कनेहरु बढी समस्यामा परेका छन् ।

यो सडक खण्डमा सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ ।

त्यसमाथि अहिले दशैँको बेला भएकाले गाडीको चप धेरै भएको, बाटो साँघुरो भएको र सुरुङ निर्माणको कामसमेत सँगै भइरहेकाले झनै समस्या भएको हो ।

यसअघि यो सडक खण्डलाई फराकिलो पारिए पनि बर्खाको समयमा ठाउँठाउँमा पहिरो गएकाले सडक फेरि साँघुरिएको छ । यसले गर्दा यात्रुलाई एक घण्टाको यात्रा गर्न निकै लामो समय लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.