Air France: Pilots’ strike to hit Euro 2016

Pilots at the French national airline have started a four-day strike that could disrupt plans for thousands of football fans on the second day of the Euro 2016 competition.

Air France has cancelled up to 30% of its flights today. But it said it would prioritise journeys to cities that were hosting tournament matches. The pilots' union is taking action because of planned pay cuts and changes to working conditions.

It is one of many unions taking action; others are striking because they want the government to scrap new labour laws that will make it easier to hire and fire people.

Syria: Bombings rock Damascus suburb Sayyida Zeinab

At least 12 people have been killed in suicide bomb attacks on a suburb of Damascus which is home to Syria's holiest Shia shrine, state media say.

Islamic State group said three militants – two carrying explosives belts and one with a car bomb – carried out the attacks in Sayyida Zeinab, 10km (six miles) south of the centre. At least 55 other people were wounded.

Sayyida Zeinab, a predominantly Shia area, has been a frequent target of attacks from jihadi groups.

The Sunni IS group says it was behind at least two other bombings in the district earlier this year that killed more than 150 people.

अल्वानियाका कप्तान युरो कप १०१६ मा रातो कार्ड पाउने पहिलो खेलाडी

एजेन्सी,जेठ २९ । युरो कप १०१६ मा रातो कार्ड पाउने पहिलो खेलाडी अल्बानियाका कप्तान लोरिक काना बनेका छन् । शनिबार भएको स्विट्जरल्याण्डविरुद्धको खेलका क्रममा कानाले रातो कार्ड पाएका हुन् । यो युरो २०१६ मा प्रयोग भएको पहिलो रातो कार्ड हो । टीमको नेतृत्व गर्ने खेलाडीले नै रातो कार्ड खाएपछि अल्वानिया युरोको पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–० ले पराजित भएको छ। कानाले २२ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए । उनले खेलको ३७ औं मिनेटमा दोस्रो पहेँलोसँगै रातो काडै पाए । अल्बानिया पहिलो पटक ठूलो प्रतियोगिता खेल्दैछ ।

‘बजेट शतप्रतिशत कार्यान्वयन गराएरै छाड्छु’- अर्थमन्त्री पौडेल

काठमाडौं, २९ जेठ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट कार्यान्वयनमा कुनै शंका उपशंका नगर्न सबैलाई आग्रह गरेका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले संसदमा प्रस्तुत बजेटवारे आफू पूर्णरुपमा जवाफदेही रहेको उल्लेख गर्दै यसको आधार, कार्यान्वयन र स्रोतको बारेमा युक्तिसंगत जवाफ रहेकोले कार्यान्वयनवारे कसैलाई शंका नगर्न अनुरोध गरेका छन् । उनले भने,‘‘हिजोको राजनीतिक अभ्यासमा अभ्यस्तहरुले यसको कार्यान्वयनमा शंका गर्नु स्वभाविक हो, तर यो बजेट कार्यान्वयन हुन्छ, यो कसैलाई देखाउनका लागि ल्याईएको होईन् ।’’ बजेट पेश भएसँगै आपूm यसको सफल एवम् पूर्ण कार्यान्व्यनमा लागिपरिरहेको उल्लेख गर्दै छिट्टै संसदमा बजेट कार्यान्वयनवारे प्याकेजमै नयाँ प्रस्ताव पेश गर्ने मन्त्री पौडलले जानकारी दिए । उनले भने,‘संविधानले देखाएको मुलुककको आर्थिक विकासको लक्ष्य अनुसार नै मैले बजेट प्रस्तुत गरेको हुँ, बजारमा बजेट कार्यान्वय हुँदैन भन्ने हल्ला फैलाईएको छ, त्यो पूरातन सोच हो, र त्यो हल्लाको पछि नलागी बजेट कार्यान्यवनमा सम्बन्धित सबै लाग्न अपिल गर्दछु ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले संविधान जारी भएपछि मुलुक समाजवादतर्फ अघि बढेको उल्लेख गर्दै सोही अनुरुपको बजेट आफूले प्रस्तुत गरेको स्पष्ट पारे । उनले भने,‘समाजवाद हाम्रो गन्तव्य हो अनि सामाजिक न्यायको सिद्धान्त हाम्रो ध्येय हो, त्यही सिद्धान्तअनुसार बजेट ल्याईएको छ ।’ मुलुकको आर्थिक वृद्धिदर ०.७७ प्रतिशतमा खुम्चिनु नियती नभएको उनको दाबी थियो । उनले थपे,‘यो टार्ने नसक्ने अवस्थाको पनि होईन, हामी यो वर्ष महाभूकम्प र नाकाबन्दीको मारमा प¥यौं, यो त्यसैको उपज हो ।’

अघिल्लो बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धिदर हुने उद्देश्यले आफूले यसपटक बजेट प्रस्तुत गरेको भन्दै उक्त लक्ष्य पूरा भएर छाड्ने मन्त्री पौडेलको दाबी छ ।  बजेटको आकार ठूलो भयो भन्ने कुरामा कुनै दम नभएको उनले स्पष्ट पारे । बजेटको साईजका बारेमा मात्रै नभएर यसको स्रोत परिचालनवारे समेत नकरात्मक टिप्पणी बजारमा भैरहेकोप्रति संकेत गर्दै उनले भने,‘यो चर्चामा खास दम छैन, यो सस्तो टिप्पणी हो ।’ अघिल्लो आर्थिक वर्षको तुलनामा बजेटको साईज बढ्नुमा खासै ठूलो अंकको फरक नपर्ने मन्त्री पौडेलले दाबी गरे ।

‘०७१÷७२ को तुलनामा ०७२÷७३ मा ३२.५ प्रतिशतले अन्तर थियो तर ०७२÷७३ को तुलनामा यसपटकको बजेटको साईज २८ प्रतिशतले ठूलो छ, अब भन्नुहोस्, टिप्पणीकारहरुले कसरी यसलाई ठूलो आकारको भनेर टिप्पणी गरिरहनुभएको छ, उनले थपे ।  सपना नदेख्नेले केही गर्न नसक्ने दाबी गर्दै उनले भने,‘सुत्नेहरुलाई उठाउने खालको सपना देख्नुपर्छ, तर निदाएको वेला देख्ने सपना चाहीँ देख्नुहुँदैन्, जीवनयोगी यात्रामा फलदायी हुने सपना यो बजेटले देखाएको छ ।’ उनले बजेटलाई ठूलो आकार भयो भनेर ट्याग झूण्ड्याउनुभन्दापनि उच्च आकांक्षी भनेर विशेष दिए आफूलाई कुनै आपत्ति नहुने बताए ।

बजेट वितरणमुखी भएको भनेर आरोप लगाईएको छ नि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री पौडेलले आरोपमा सत्यता नभएको प्रस्ट्याए । उनले भने,‘हिमाल, तराई, पहाडमा बस्ने सम्पूर्ण नेपालीहरुले यो बजेटको स्वागत गरिरहेका छन्, तर केही व्यक्तिले वितरणमुखी भयो भनेर प्रचार गर्दैछन्, म तीनीहरुलाई जनतालाई गएर यसवारेमा भन्न आग्रह गर्दछु ।’

सामाजिक सूरक्षा भत्ता दोव्बर वृद्धि गरेकोवारे चित्त नबुझेको भए जनतामा गएर यो सरकारले ठिक गरेन भनेर प्रश्न गर्न सक्नुपर्ने उनको भनाई थियो । उनले थपे,‘यो त मोटो आरोप मात्रै हो, भन्न सक्नेले किटान गरेर भन्नुपर्यो के के मा यो बजेटले वितरण गरेको छ भनेर ।’ गाविस, नगर विकासलाई बजेट दोब्बर पार्नु के नराम्रो कुरा हो र उनले प्रश्न गरे ।

संविधानले निर्दिष्ट गरेको प्रावधान अनुसार संघीय संरचनाको विकास भएकाले केन्द्र, तह र स्थानीय तह यसमा पनि गाविस र नगरविकासलाई विशेष रुपमा आफूले बजेट विनियोजन गरेको उल्लेख गर्दै पौडेलले भने,‘ यसको विरोध गर्नु भनेको विकासको विरोध गर्नु हो, गाउँको विकास गर्नु गलत हो ? यदि त्यसो हो भने सार्वजनिक रुपमा भन्नु पर्यो नि ।’ यसवारेमा टिप्पण गर्नु भनेको संविधानको भावना विपरित हुने उनको तर्क छ ।

बजेटले वित्तिय अराजकता उत्पन्न गरायो भन्ने आरोपमा समेत कुनै दम नभएको उनले स्पष्ट पारे । उनले चालु आर्थिक वर्षमा ४७५ अर्वको राजश्व संकलनको लक्ष्य ६ महिना नाकाबन्दी र भुकम्पको मारमा पर्दापनि पूरा भएको दृष्टान्त पेश गर्दै यसपटकको ५६५ अर्वको राजश्वको लक्ष्य समेत पूरा भएर छाड्ने उनको दाबी थियो । वैदेशिक ऋण र अनुदानवारे पहिला नै प्रतिबद्धता आईसकेकोले त्यसवारेमा आशंका गर्न नहुने उनको जिकिर थियो । उनले आन्तरिक ऋण नेपालको अर्थतन्त्रको लागि पूरानै अभ्यास भएकाले यसपटक पनि सोही अनुसारको अपेक्षा लिएकाले चालु आर्थिक वर्षको बजेटले कुनैपनि किसिमको आर्थिक अराजकता उत्पन्न नहुने उनले ठोकुवा गरे ।

कृषिमा आधारित अर्थतन्त्र भएकाले यसपटकको बजेटमा तरकारी, पशुपन्छीमा आत्मनिर्भर हुने मौलिक कार्यक्रम ल्याएको उनले जनाए ।

बजेटले भूकम्पपछिको पूर्ननिर्माणमा विशेष योजना अघि सारेको, संविधानको सफल कार्यान्वयनको लागि आवश्यक कामकारवाही अघि बढाउन संघ, प्रदेश र केन्द्रको निर्वाचनको लागि यथेष्ट कार्यक्रम अघि सारेको, पूर्वाधारका रणनीतिक योजनामा विशेष ध्यान दिईएको, लोडसेडिङ्को अन्त्यको गर्ने र उर्जा उत्पादनका कार्यक्रमलाई प्राथमिकता दिईएको, सडक विस्तार, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी राजमार्ग, रेल र हवाईको वारेमा विशेष कार्यक्रम ल्याईउनुजस्ता यो बजेटको महत्व रहेको उनको भनाई थियो ।

महत्वकांक्षी बजेटका कारण बजार महँगी भएको छ नि भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पौडलले भने,‘यो मिथ्या हो, बजेट पारित भएकै छैन कसरी महँगी बढ्छ ?’ यद्धपी महँगी नियन्त्रण गर्ने जिम्मेवारी सरकारको भएकोले यसबाट आफू नपन्छिने स्पष्ट पारे । मुद्रास्मृति ७.५ प्रतिशतभन्दा माथि जान नदिनेसमेत उनको भनाई थियो ।

वास्तविक भूकम्पपीडितहरुको नाम नछुटोस् भनेर नै सरकारले पूनः बेनिफिसिएरी डाटाको काम थालेको बताउँदै उनले भने,‘वास्तविक पीडितहरु छुट्दैनन्, कसैको नाम दोहोरिन दिँदैनौं ।’

एनसेलसँग लिनुपर्ने बाँकी लाभांश कर सरकारले जसरी पनि उठाउने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरे । उनले एनसेलमात्रै नभएर जुन कुनै कम्पनीसँग लिनुपर्ने कर सरकारले लिएरै छाड्ने उद्धघोष गरे । उनले भने,‘एनसेलसँग हामी बाँकी लिनुपर्ने लाभकर वापतको पैसा उठाएरै छाड्छौं ।’

फरक प्रसंगमा मन्त्री पौडेलले सरकार आगामी ०७४ माघ ७ गते संसदको अर्को निर्वाचन सम्पन्न गराएर मात्रै विदा हुने ठोकुवा गरे । उनले भने,‘यो सरकार तीन वटै निकाय संघ, प्रदेश र संसदको चुनाव सम्पन्न गराएर विदा हुन्छ ।’

जूनियर फुटबल एकेडेमीद्धारा फुटबलर तामाङ सम्मानित

काठमाडौँ,जेठ २९ । जूनियर फुटबल एकेडेमी(जेएफए)ले नेपाली राष्ट्रिय फुटबल टिमका  मिडफिल्डर राजू तामाङलाई शनिबार सम्मान गरेको छ । बालुवाटारस्थीत आफ्नै एकेडेमिमा जेएफले अखिल नेपाल फुटबल सघं (एन्फा)द्धारा सर्बोत्कृष्ट खेलाडी घोषित भेट्रान फुटबलरलाई सम्मान गरीएको हो । केहि समय अगाडी मात्र तामाङ २५ लाख नगदद्धारा सम्मानित भएका थिए । नेपाली आर्मीका खेलाडी समेत रहेको तामाङलाई जेएफका सस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रिले दोसल्ला तथा फुलमाला लगाई सम्मान गरे । क्षेत्रिले देशका लागि लामो समय त्याग र योगदान दिएका तामाङलाई राज्यले कदर नगरेपनि एन्फाको सम्मानले तामाङ र युथ फुटबलरलाई हौसला मिल्ने बताए ।

उनले भने त्यस्ता खेलाडीलाई सम्मान गर्न पाउदा जुनियर फुटबलर उत्पादन थप हौसला मिल्नेछ । फुटबलर तामाङले जूनियर खेलाडी अनुशासित भएर प्रशिक्षण गर्दै देशका लागि उत्कृष्ट फुटबलर बन्न शुभकामना दिए । सो अवसरमा एकेडेमिका अविभावक समिर थापाले प्रशिक्षणका लागि फुटबल सामाग्री प्रदान गरे । थापाले एकेडेमिका प्रशिक्षक क्षेत्रिलाई करिब २० हजार बराबरको प्रशिक्षण सामाग्री प्रदान गरेका थिए ।

अन्तर विद्यालय भलिबल: सेन्ट डेभिज च्याम्पियान

काठमाडौं, जेठ २९ । सेन्ट डेभिज स्कुल श्रीराम स्मृति अन्तर विद्यालय  भलिबल प्रतियोगितामा छात्रातर्फ च्याम्पियान बनेको छ । शनिवार भएको फाईनल खेलमा सेन्ट डेभिजले विजेश्वरी ज्ञान मन्दिरलाई २५–२०,२५–२३ र २५–२० को सोझो सेटमा हरायो । छात्रातर्फनै तेश्रो स्थानका लागि भएको खेलमा कुलेश्वर आवसले आयोजक आरुणी स्कुललाई २५–२०,२५–६ र २५–१६ ले हरायो । बालाजुको माछापोखरी स्थित आयोजक आरुणी स्कुल र काठमाण्डौं जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजनामा संचालन भएको छात्रतर्फको खेलमाबाट सफलता हात पादै आयोजक आरुणी,रेम्वो,प्याराडायम र सेक्रेटहार्ट सेमिफाईनल प्रवेश गरेका छन् ।

युरोकपमा पहिलोपटक भिडन्त वेल्स भर्सेस स्लोभाकिया

एजेसी,जेठ २९ ।  शनिबार युरो २०१६ को समूह ‘बी’ को पहिलो खेलमा वेल्स र स्लोभाकियाबीच भिडन्त ह्दैछ ।  दुवै टोलीबीच युरोकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । य खेल नेपाली समय अनुसार राति ९ः४५ मा हुँदैछ । वेल्स र स्लोभाकिया समूह बि मा छन् । फिफा वरियताको २६ औं स्थानमा रहेको वेल्स पहिलो पल्ट युरोकपमा छनौट भएको हो । वेल्सले छनौट चरणमा खेलेका १० मध्ये ६ मा खेल जित, १ मा हार र तीन खेल बराबरी खेलेको थियो ।  स्लोभाकिया फिफा वरियतामा २४ औं स्थानमा छ । स्पेन विजेता बनेको समूहबाट उपविजेता हुँदै स्लोभाकियाले युरोपकपमा स्थान पक्का गरेको थियो ।

मिडफिल्डर जोए लिडली टोलीमा फर्कनु वेल्सका लागि सुखद् खबर हो । अर्का मिडफिल्डर जोए एलन र फरवार्ड हल रोब्सनले पनि टोलीमा पुनरागमन गर्दा वेल्स बलियो भएको छ । छनोट चरणमा सर्वाधिक गोल गरेका फरवार्ड गारेथ बेल वेल्सका मुख्य हतियार हुन् । यता, स्लोभाकियाले इटालियन क्लब नापोलीबाट खेलिरहेका मारेक हाम्सिकलाई बढी विश्वास गरेको छ ।

५० वर्षदेखि उपाधिविहीन इंग्ल्यान्डलाई युरोकप चुनौती,रोकिएला रसियासँग

एजेन्सी, जेठ २९ । युरो २०१६ अन्तर्गत शनिबार तीन वटा खेल हुँदैछन् । तीन खेलमध्ये इंग्ल्याण्ड र रसियाबिचको खेल महत्वपूर्ण रुपमा हेरिएको छ ।  समूह ‘बी’ को दोस्रो खेलमा इंग्ल्यान्ड र रसियाबीच मध्यरातमा प्रतिस्पर्धा हुँदैछ ।  युरोकप छनोट चरणमा एउटा पनि खेल नहारी समूह विजेता बनेको इंग्ल्याडले अहिलेसम्म ८ पटक युरो कप खेलिसकेको छ । ८ पटक युरो कप खेलेपनि इंग्ल्याण्ड अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । यसपटकको युरोकपमा युवा खेलाडी मैदानमा उतारेको इंग्ल्याण्ड पहिलो खेलमा जित निकालेर मनोबल उच्च बनाउने दाउमा छ ।

दुई वर्षअघि ब्राजिलमा भएको विश्वकपमा निराशाजनक प्रदर्शन गरेका दुवै टोली युरो २०१६ मा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । पहिलो खेलमा जित हात पार्ने टोलीका लागि युरो २०१६ सुखद् हुनेछ ।  विगत ५० वर्षदेखि उपाधिविहीन इंग्ल्यान्डसामु फेरि अर्का मुख्य प्रतियोगिताको चुनौती आएको छ । युवा खेलाडीले भरिएको इंग्लिस टोलीको अहिलेको पुस्तामा प्रतिभावान् खेलाडीको बाहुल्यता छ ।

छनोट चरणमा शतप्रतिशत नतिजा निकालेको इंग्लिस टोलीले गत मार्चमा विश्वविजेता जर्मनीलाई पराजित गरेको थियो । अघिल्लो विश्वकपमा खराब प्रदर्शन गरेको रसियाले दुई वर्षपछि विश्वकपको आयोजना गर्न लागेको हो । विश्वकप आयोजना गर्नुअघि रसिया युरो २०१६ मा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

इंग्ल्याण्डका खेलाडी

गोल किपर

जोय हर्ट

डिफेन्डर

केली वाकर, गे्र चिली, क्रिस स्मोलिङ , डेनी रोज, डेयर,अली, अदम ललान, रहिम स्टेरलिङ

फरवार्ड

वायन रुनी, जेमी भार्डी, ह्यारी केन

रुसका खेलाडी

गोल किपर

इगो आर्कनफेयर

डिफेन्डर

इगो मोनिकाभ, एलेक्साइ बेरिजस्की, सर्गेइ इग्नासिभेज, जोर्डीइ सेनिकोभ

मिड फिल्डर

एलेक्जान्डर गोलोभिन, निमुस्टाचा, फेडोर स्मोलोभ

फरवार्ड

ओलेग स्याटोभ, एलेक्जान्डर किकोरिन, अर्टिम डुवा

कोपा अमेरिका: अर्जेन्टिना क्वाटरफाइनलमा, मेस्सीको ह्याट्रिक

एजेन्सी,जेठ २९ । मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । शनिबार बिहान सिकागोमा भएको खेलमा पानामालाई ५–० ले हराउँदै  अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । पानामामाथिको शानदार जितमा लियोनल मेस्सी नायक बने । उनले ह्याट्रिक गरे भने निकोलास ओटिमेनडी र सर्जियो अग्युरोले एक एक गोल गरे ।

सातौँ मिनेटमा नै ओटिमेनडीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १ गोलले अघि रहेको अर्जेन्टिनाले सबे गोल दोस्रो हाफमा गरेको थियो । अर्जेन्टिनाका लागि मेस्सीले ६८, ७८ र ८७ औँ मिनेटमा गोल गरे ।  ९० औँ मिनेटमा अग्युरोले गोल गरेपछि अर्जेन्टिना ५–० ले विजयी भयो ।  अर्जेन्टिनाले अब समूहको अन्तिम खेलमा आउँदो बुधबार बोलिभियाले सँग खेल्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्न निर्देशन

२९ जेठ, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्न नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ ।

बोर्डले शुक्रबार नेपाल स्टक एक्स्चेन्जलाई पत्र पठाएर  फरदर पब्लिक अफरिङ 'एफपिओ' जारी गर्ने विषयमा बोर्डमा आवेदन नदिई कम्पनीले सूचना जारी गरेको भन्दै सेयर कारोबार रोक्न निर्देशन दिएको जनाएको छ ।

बोर्डमा अहिलेसम्म निवेदन दिइएको छैन, पहिले नै सूचना प्रकाशित गर्दा बजार मूल्यमा चलखेल हुनसक्ने र लगानीकर्ता ठगिन सक्ने भएकोले वास्तविक अवस्था बुझन स्टकलाई त्यस्तो निर्देशन दिएको धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिनु भयो ।

नेपाल लाइफले प्रति कित्ता २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्ने जनाएको थियो । १०० रुपैयाँ अंकित दरको सेयरमा कम्पनीले २८५१ रुपैयाँ प्रिमयम जोडेर बिहीबार विवरण सार्वजनिक गरेपछि पुँजीबजारमा सेयरको मुल्य प्रतिकित्ता चार सय रुपैयाँले बढेको थियो ।

बोर्डले नेप्सेलाई पठाएको पत्रमा आधिकारिक रुपमा मूल्य निर्धारण नगराई, बजारलाई प्रभावित गर्ने हिसावले सूचना दिएको कारण कारोबार रोक्नु पर्ने उल्लेख गरिएको छ ।

न्यायपालिका बिरुद्ध अभिव्यक्ति नदिन सर्वोच्चको चेतावनी

२९ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतले मुद्दा/निवेदन पेशी नचढेको विषयलाई लिएर राजनीतिक दलको नेतृत्व तहमा रहनुभएका केही जिम्मेवार व्यक्तिबाट भ्रामक, अवास्तविक तथा स्वतन्त्र न्यायपालिकाको मान्यता प्रतिकूलका अभिव्यक्ति प्रचारप्रसार नगर्न अपिल गरेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राजनीतिक दलको नेतृत्वमा रहेका केही जम्मेवार व्यक्तिबाट दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको र न्यायपालिकालाई प्रतिकूल असर पार्ने अभिव्यक्ति प्रचारप्रसार नगर्न सञ्चार माध्यमलाई पनि अपिल गरिएको छ ।

नेपालको संविधानले परिकल्पना गरेअनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका निर्माण गर्न, न्यायिक व्यवस्थापनमा प्रभावकारिता कामय गरी कानुनी राज्यको अवधारणालाई साकार तुल्याउने रचनात्मक तथा सिर्जनात्मक सहयोग गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

“लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्ने अहिलेको महत्वपूर्ण घडीमा स्थापित न्यायिक मूल्य मान्यता प्रतिकूलका अभिव्यक्तिहरू सार्वजनिक हुनु कसैको हितमा हुन सक्दैन” – विज्ञप्तिमा भनिएको छ ।

मुद्दाको सुनुवाइ विवादको तथ्य र प्रकृतिअनुसार प्राथमिकताका आधारमा निर्धारण गरिने कुरा न्यायपालिकाको नितान्त व्यवस्थापन विषय भएको र सेवाग्राहीको अधिकतम सुविधालाई दृष्टिगत गरी न्यायिक व्यवस्थापनलाई सरल, छिटो छरितो र पारदर्शी बनाउनेतर्फ न्यायपालिका निरन्तर क्रियाशील रहेको उल्लेख छ ।

नेपालको संविधानले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको भए पनि अहिले नौजना न्यायाधीश मात्र कार्यरत रहेको अवस्था छ । न्यायाधीशको कमीका कारण पनि मुद्दा, निवेदनको छिनोफानो तत्काल हुन सकेको छैन । सर्वोच्चमा अहिले पनि २२ हजार मुद्दा विचाराधीन अवस्थामा रहेका छन ।

‘नेपालले संविधान मार्फत शान्ति, प्रजातन्त्र र समावेशी प्रणाली सुदृढ गरिरहेको छ’

२९ जेठ, नयाँदिल्ली ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच हिजो नयाँ दिल्लीमा भेटघाट भयो ।

सो अवसरमा दुवै परराष्ट्रमन्त्रीले नेपाल–भारत द्विपक्षीय सम्बन्धको वर्तमान स्थितिको पुनरवलोकन गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति मार्फत जनाएको छ । दुवै नेताले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न विभिन्नस्तरमा नियमित रुपमा विचारको आदानप्रदानको महत्वमाथि जोड दिनुभएको थियो  ।

भेटका अवसरमा भारतका तर्फबाट भारतीय विदेश मन्त्रालयका विदेश सचिव डा एस जयशङ्कर र सहसचिव (उत्तर) अभय ठाकुर तथा नेपालका तर्फबाट भारतका लागि कावा राजदूत कृष्णप्रसाद ढकाल र परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) प्रकाशकुमार सुवेदीको पनि सहभागिता थियो ।

त्यसअघि उपप्रधानमन्त्री थापाले प्रेस क्लब अफ इन्डियामा आयोजित मिट द प्रेस कार्यक्रममा सञ्चारकर्मीलाई तथा नयाँ दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनमा आयोजित बेग्लै कार्यक्रममा बुद्धिजीवी र कूटनीतिक समुदायको भेलालाई सम्बोधन गर्दै नेपालको इतिहासमा पहिलो पटक जननिर्वाचित प्रतिनिधिद्वारा जारी गरिएको संविधान मार्फत नेपालले शान्ति, प्रजातन्त्र र समावेशी प्रणालीलाई सुदृढ गर्न गरेको प्रगतिबारे प्रकाश पार्नुभएको थियो ।

उहाँले भन्नुभयो, “नेपालको भारतसँगको सम्बन्ध कुनै अर्को द्विपक्षीय सम्बन्धसँग दाँज्न सकिँदैन र यसलाई आफ्नै विशेषताका आधारमा हेरिनुपर्छ ।” उपप्रधानमन्त्री थापा हिजै अपराह्न दक्षिण एसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन नयाँ दिल्ली पुग्नुभएको थियो ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन हिजो भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web