‘काबुल घटना कायरतापूर्ण,निर्दोष नेपाली मारिए’ :प्रधानमन्त्री ओली

काठमाडौं,असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानमा आतंककारी हमलामा कायरतापूर्ण भएको बताएका छन् । सोमबार मारिएका नेपालीहरुको शव बुझ्न बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष मारिएको भन्दै यस्तो घटनालाई कायरतापूर्ण बताएका छन्।

ओलीले ज्यान गुमाएका परिवार र घाइतेहरुलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले मृतकका शव राखिएका कफिनमाथि फुल चढाएर श्रद्धान्जलि व्यक्त गरेका थिए । उनले मृतक परिवारजनप्रति समवेदना समेत प्रकट गरे ।

मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न विमानस्थलमा प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही पनि विमानस्थल पुगेका थिए।

N.Korea test Two Ballistic Missiles

North Korea has test-fired two mid-range ballistic missiles from its eastern coast, says South Korea.

The first launch was considered to have failed, travelling about 150 km before landing in the sea.

But the second, launched hours later, flew about 400 km and reached an altitude of 1,000 km, the most effective test to date.

A confirmed successful test would mark a step forward for North Korea after four failed launches in recent months.

Both launches are believed to have been intermediate-range Musudan missiles.

South Korea's Joint Chiefs of Staff said Seoul and the US were "carrying out an in-depth analysis" of the second missile, and did not say whether it was considered a success.

North Korea, which is developing nuclear weapons, is banned by UN resolutions from any use of ballistic missile technology.

अवैध कामदार पठाउने क्रम रोक्न र म्यानपावरलाई कारबाही गर्न निर्देशन

८ असार, काठमाडौं ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अवैध कामदार विदेश पठाउने क्रम रोक्न र त्यसरी पठाउने म्यानपावरलाई कारवाही गर्न सरकारलाई कडा निर्देशन दिएको छ ।

व्यवस्थापिका संसद अन्र्तगतको समितिको आजको बैठकले भारतीय विमानस्थल प्रयोग गरी अवैधानिक रुपमा तेस्रो मुलुकमा कामदार पठाउने क्रम रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिले अफगानिस्तान लगायतका प्रतिबन्धित मुलुकमा अवैधानिकरुपमा कामदार पठाउने म्यानपावर कम्पनीमाथि कारवाही गर्न पनि निर्देशन दिएको हो ।

समितिले बुधबारको बैठकमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरुलाई बोलाएर छलफल गरी काबुल घटनाको सत्य तथ्य पत्ता लगाउन तथा स्वदेश फर्कन चाहने नेपाली कामदारलाई नेपाल आउने व्यवस्था मिलाउन निर्देशन दिएको समिति सभापति प्रभु साहले जानकारी दिए ।

हिंसाग्रस्त मुलुक अफगानिस्तानको काबुलमा १२ जना नेपाली सुरक्षा गार्डको मृत्यु भएपछि बुधबार समितिको बैठक बसेको थियो । बैठकले भारतको बाटो हुँदै अवैधानिक रुपमा तेस्रो मुलुकमा कामदार पठाउने क्रम रोक्न कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति साहले बताए । अफगानिस्तानमा गत असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिइएको छ ।

म्यानपावर कम्पनीहरुले युवाहरुलाई धेरै तलब दिलाउने प्रलोभनमा पारी अवैधानिक रुपमा अफगानिस्तान, सिरिया, इराक लगायनतका हिंसाग्रस्त मुलुकमा पठाउने गरेका छन् । अफगानिस्तानमा मात्र अवैधानिक रुपमा पुगेका नेपाली कामदारको संख्या १० हजारभन्दा बढी रहेको सरकारको अनुमान छ ।

बैठकले मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन हवाईजहाज पठाएकामा नेपाल सरकारलाई धन्यवाद दिँदै घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ ।

काबुल आक्रमणमा मारिएका नेपालीको शव बुझ्न प्रधानमन्त्री विमानस्थलमा

काठमाडौं,असार ८ । अफगानिस्तानको राजधानी काबुलमा गत आइतबार आत्मघाती आक्रमणमा मारिएका नेपालीहरूको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गएका छन्। काबुल हमलामा मारिएका र घाइते नेपालीहरु लिएर नेपाल वायुसेवा निगमको चार्टर गरिएको विमान अफगानिस्तानबाट काठमाडौंको लागि प्रस्थान गरेसँगै प्रधानमन्त्री संसद भवनबाट विमानस्थलका गएका हुन् । प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री कमल थापा,गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानु भएको छ ।

नेपाल एयरलाइन्स १२ शवसँगै २४ नेपाली बोकेर आइपुग्यो

८ असार, काठमाडौं ।
आतंककारीको आत्मघाती बम हमलामा मारिएका १२ नेपाली युवाको शव लिन गएको नेपाल एयरलाइन्सको बिमान थप २४ जना नेपालीलाई पनि लिएर काठमाडौं आइपुगेको छ ।

नेपाल सरकारको निर्णपछि आज बिहानै त्यस तर्फ उडेको नेपाल वायु सेवा निगमको विमानले सिधा उडान भरेर काबुलबाट काठमाडौं उडान गरेको हो ।

मृतक नेपालीको शव बुझ्न र तथ्य बुझ्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा पनि विमानस्थल पुगेका छन् ।

परराष्ट्र मन्त्रालयले बिमानमा अफगानिस्तानमा रहेका २४ जना नेपाली पनि लिएर आएको बताएको छ । उनिहरुले अफगानिस्तानमा थप काम नगर्ने बताउँदै सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई बिमानमा आउन भनेपछि उनिहरु आएका हुन् ।

काबुल आक्रमणमा घाइते भएका अन्य पाँच नेपालीलाई भने बुधबार उपचारको लागि भारतको नयाँदिल्ली लगिएको छ ।

सोमबार अफगानिस्तानको काबुलमा काममा जाँदै गरेका नेपाली सुरक्षागार्ड बोकेको बस अगाडी एक आत्मघाती बम हमलाकारीले आफुलाई विस्फोट गराउँदा १२ नेपाली सहित २ भारतीयको मृत्यु भएको थियो । विस्फोटमा परि ५ जना नेपाली घाइते भएका थिए ।

लुटियो क्षेत्री परिवारको खुसी,गाउँ नै शोकाकुल

पर्वत, असार ८ । प्रसस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसय बनाउँला, छोराछोरीको पठनपाठन र लालनपालन गरौला भन्ने सुनौलो सपना बोकेर विदेशिएको मात्र ११ दिन पुगेको थियो ।‘हुने हार दैव नटार’ भनेझै केवल त्यो सपना र त्यो परिवारको खुसी लामो समय टिक्न सकेन पर्वतका दुई युवाको परिवारमा । बाबु घरबाट जान दिन फर्केर आउने बेला छोराछोरीले राखेका माग पनि आशमै हराए, श्रीमतीको सिउँदो पुछियो, घरपरिवार, आफन्त र सिङ्गो गाउँलाई नै शोकाकुल बनाएर संसारबाट बिदा भए दुई प्रवासी युवा ।

प्रसङ्ग हो काबुल घटनाको । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान आतङ्कवादी समूहले गराएको विस्फोटनमा परी पर्वतका दुई जनाको ज्यान गयो ।

ज्यान गुमाउनेमा पर्वत कुश्मानगरपालिका–२ स्थायी घर भई परिवारसहित काठमाडौँ गोङ्गबु बस्दै आएका विदुरबहादुर सुवेदी क्षेत्री र पर्वतकै कार्कीनेटा गाविस–६ का नवीनबहादुर क्षेत्रीको परिवार र गाउँ अहिले शोकमा डुबेको छ ।

कुश्मा नगरपालिका–२ पाङका विदुर परिवारसहित काठमाडौँमा बस्दै आएका थिए । गत महिना छुट्टिमा आएका सुवेदी क्षेत्री ११ दिन अघिमात्रै २८ जेठको उडानमा त्यहाँ पुगेका थिए । परिवारका चार भाइमध्ये साइला छोरा रहेका उनी नेपाली सेनाबाट अवकाश प्राप्त गरी सेक्युरेटी गार्डमा रोजगारीका लागि अफगानिस्तान पुगेका हुन् । स्थानीय छिमेकी चित्रबहादुर क्षेत्रीका अनुसार उनका दुई छोरा र श्रीमती काठमाडौँको गोङ्गबुमा बस्दै आएका छन् ।

उनको जन्म गाउँ पर्वतको कुश्मा नगरपालिका–२ पाङको गाउँ भने उनको मृत्युको खबरले शोकमा डुबेको छ । आक्रमणमा परि १२ जनाको मृत्यु भएको थियो ।

यता नवीन क्षेत्रीको मृत्युको खबरले पनि कार्कीनेटा शोकमा डुबेको छ । सशस्त्र प्रहरी बलमा कार्यरत रहेर अवकाश प्राप्त भएपछि २०६५ सालदेखि अफगानमा सेक्युरेटी गार्डमा रोजगारीका लागि गएका थिए । उनी बेलाबखत घरमा आउने जाने क्रममा जेठ २८ गतेकै दिन अफगान प्रस्थान गरेका थिए ।

कार्कीनेटा गाविस–६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नवीन परिवारका माइला छोरा हुन् । उनका बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमासहित एक श्रीमती र एक छोरी छन् । उनको श्रीमती र छोरी पनि काठमाडौँमा नै बस्दै आएको क्षेत्रीका दाइ ९मामा छोरा० कमल खत्रीले जानकारी दिनुभयो ।

लामो समय सशस्त्र प्रहरी बलमा कार्यरत रहे पनि मनग्गे आम्दानी नभएपछि घरपरिवार, छोरीको विवाहदान राम्रोसँग गरौला भन्ने सपना बोकेर उनी विदेशिएका थिए । उनको मृत्युपछि घरपरिवार भावविह्वल बनेको छ ।

उनी गत जेठ ८ मा गाउँमै आएर पूजा लगाएर अब एकपटक अफगानिस्तान जाने त्यसपछि नजाने बताएका थिए । अफगानिस्तान असुरक्षित छ कति बेला के हुन्छ थाहा छैन त्यसैले धेरै समय त्यहाँ बस्नु उचित छैन भनेको स्थानीयवासी विश्वराज शर्माले स्मरण गर्दै भने, ‘अब ऊ कहिल्यै नफर्किने भयो ।’

समाजमा निकै सरल, मिठो बोली भएका उनी परिवारका माइला छोरा हुन् । उनका बाबुको विगत दुई वर्षअघि मात्रै निधन भएको थियो । अहिले कार्कीनेटामा रहेको घरमा उनकी वृद्ध आमा बत्तीकुमारी मात्रै बस्दै आएकी छिन् । अहिले उनका चार दाजुभाइ र परिवार उनको शवको प्रतिक्षामा राजधानीमा गएका छन् ।

-सेतोपाटी

अफगानिस्तानमा रोजगारीः रोक्ने कि पठाउने दुविधामा सरकार

काठमाडौं,असार ८ ।श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अफगानिस्तान घटनाको छानबिन र विश्लेषणपछि मात्र सरकारले त्यस मुलुकलाई रोजगारीका लागि खुला नै राख्ने वा बन्द गर्ने भन्ने विषयमा निर्णय गर्ने बताएका छन् । सरकारले सम्बन्धित मुलुकको आर्थिक अवस्था मानवअधिकारको अवस्था र सुरक्षाको अवस्था हेरेर मात्रै रोजगारीका लागि खुला गर्ने गरेको आजको अन्नपूर्णमा खबर छापिएको छ।

अफगानिस्तानमा घटेको घटना नेपालीप्रति नै लक्षित भएको पाईए त्यही अनुसार रोजगारीका लागि बन्द हुनसक्ने सम्भावना रहेको बताए । उनले भने, ‘एक दुई घटना हुँदैमा बन्द गरिहाल्ने वा खुला गर्ने भन्ने हुँदैन। अफगानिस्तानमा नेपाली नागरिकमाथि भएको आक्रमणको अध्ययन पनि नेपालीलाई नै लक्षित गरेर आक्रमण भएको पाइए त्यसको विश्लेषणपछि मात्रै सरकारले आवश्यक निर्णय  गर्नेछ।’

सेनाका जहाज व्यापारिक उडानमा

काठमाडौं,असार ८ । नेपाली सेनाले आफूसँग भएको सैनिक जहाजबाट शुल्क लिएर व्यापारिक चार्टर उडान भर्ने भएको छ। रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन आदेश (२०७३) जारी गरेपछि सेनाले व्यापारिक प्रायोजनमा समेत आफ्नो जहाजबाट चार्टन उडान गर्ने भएको खबर आजको अन्नपूर्णमा शम्भु कट्टेलले लेखेका छन्। रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित भएपछि नेपाली सेनाले विधिवत रूपमा रूपमा व्यापारिक उडान सुरू गर्नेछ। उक्त गठन आदेश राजपत्रमा प्रकाशित हुने प्रक्रियामा छ।

रक्षा मन्त्रालयले २०३६ सालमा गठन भएको शाही नेपाली सैनिक विमान सेवा व्यापारिक उडान विकास समितिका कतिपय प्रावधान स्पष्ट नभएकाले त्यसलाई खारेज गर्दै असार २ मा नयाँ विकास समितिलाई मूर्त रूप दिएको हो।

अघिल्लो आदेशअनुसार व्यापारिक उडानबाट आएको आम्दानीको पारदर्शिता र राजस्वबारे विवाद भएपछि सेनाले व्यापारिक उडान रोकेको थियो। सेनाले व्यापार गर्न नपाउने भन्दै विवाद भएपछि उद्धार तथा भीआईपी सवारीबाहेकका काममा नेपाली सेनाले सैनिक जहाजको प्रयोग बन्द गरेको थियो।

नेपाली सेनाको हवाई महानिर्देशनालयमा एउटा सुपर पुमा, दुईवटा एलुएट, तीनवटा एमआई १७, दुईवटा इक्वेरल, दुईवटा वेल र एउटा एलएच गरी ११ वटा हेलिकोप्टर चालू अवस्थामा छन् भने एउटा अर्को स्काई ट्रक सञ्चालनमा छ। भारतले अनुदानमा दिएको एउटा हेलिकोप्टर भने बिग्रिएर थन्किएको छ।

रक्षा मन्त्रालयले अहिले फेरि नयाँ समिति बनाएर सैनिक जहाजलाई व्यापारिक उडान भर्न दिने निर्णय गरेको हो। रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले सैनिक जहाजले चार्टर उडान गर्न पाउनेबारे गठन आदेश जारी भएको बताए। सिम्खडाले भने, 'आदेश राजपत्रमा छापिने प्रक्रियामा छ। त्यसपछि लागू हुन्छ।'

उनले अबउप्रान्त सैनिक जहाजहरूले निर्बाध रूपमा व्यापारिक प्रयोजनले उद्धार, विकास र अन्य महत्वपूर्ण कामका लागि उडान भर्न पाउने बताए। मन्त्रालयले सैनिक जहाजको उडानलाई व्यवस्थित बनाउन कार्यविधिसमेत तयार पार्नेछ।

प्रधानमन्त्रीकै उपचार गर्ने डाक्टर नक्कली !

काठमाडौं,असार ८ । कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यतिमै सकिँदैन् । उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन् । उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन् । चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्सकका रूपमा परिचित उनले प्रधानमन्त्रीसँग आफ्नो सामिप्य पुष्टी गर्न पुस र फागुनमा बालुवाटारमै गएर ओलीको दाँतको उपचार गरेका थिए ।

पहिलो पटक पुस १८ मा श्रेष्ठ मोबाइल डेन्टल भ्यान र चिकित्सकको टोली लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ – श्रेष्ठको नेतृत्वमा अत्याधुनिक मोबाइल डेन्टल भ्यानसहित पुगेको चिकित्सकको टोलीले बिहान १० बजेदेखि १२ बजेसम्म ओलीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।

ओली सरकारद्धारा आफन्त र पहुँचवालालाई राज्यकोषको डेढ करोड वितरण

काठमाडौं,असार ८ । सरकारले प्रभावशाली नेताका आफन्त र पहुँचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको छ । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको कार्यविधिमा रहेको आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च बिलअनुसार सोझै अस्पताललाई दिने व्यवस्थाविपरीत गृह मन्त्रालयको सिफारिसमा राम्रो आर्थिक हैसियत भएका पहुँचवालालाई जथाभावी सहयोग दिइएको खबर आजको कान्तिपुरमा बलराम बानियाँले लेखेका छन्।

‘विपन्न तथा विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि' विपरीत मन्त्रिपरिषदको जेठ १३ को बैठकले एकै दिन ३१ जनालाई डेढ करोड रुपैयाँभन्दा आर्थिक सहायता दिने निर्णय गरेको हो ।

कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको बिलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था छ । आर्थिक सहायता दिन सक्ने व्यवस्था छैन । मन्त्रिपरिषदबाट कार्यविधिविपरीत आर्थिक सहायता पाएकामा अधिकांश सत्तारूढ एमाले, एमाओवादी र राप्रपा नेपाल तथा प्रमुख विपक्षी कांग्रेसका नेता तथा कार्यकर्ता र पहुँचवाला व्यक्तिहरू छन् ।

जथाभावी आर्थिक सहायता वितरण हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले २०६८ मा कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको हो । त्यसलाई कुनै पनि सरकारले पालना गर्ने गरेका छैनन् । अहिलेको सरकारले पनि कार्यविधि लत्याउँदै पहुँचवाला र राम्रो आर्थिक हैसियतका व्यक्तिहरूलाई सहायता बाँडेको हो । सरकारले ती व्यक्तिलाई किन आर्थिक सहायता दिइयो भन्ने उल्लेख गरेको छैन ।

मन्त्रिपरिषदले उद्योग राज्यमन्त्री मेघराज नेपाली निषाध लाई ३ लाख दिएको छ । जबकि, मन्त्री या उनको परिवारको कोही बिरामी भए सोझै सरकारले बेहोर्ने व्यवस्था छ । उनलाई किन थप सहायता दिनुपर्‍यो भन्ने मन्त्रिपरिाषद निर्णयमा उल्लेख छैन ।

‘मेरो उमेर सानै भएको कारण उसको बढेमानको जिउ धान्नै सकिन’

पप्पु गुरुङ्ग-दोधारा चाँदनी ।  करिब १ वर्ष पछि १५ वर्षिय लिला सुनार (नाम परिवतर्तन गरिएको) भारतको दिल्ली मोतिनगरबाट माईती नेपाल कञ्चनपुरले हिजो उनलाई दोधारा चाँदनी नगरपालिका वडा नं. ९ उद्धार गरेर ल्याएको छ् । लिलाले करिब १ महिना सम्म जून क्रुरता भोग्नु पर्‍यो त्यो संसारमै अकल्पनीय छ । यसमा कसैको दोष नभै आफ्नै दोष ठान्छन् । घरबाट फुपुको लहैलहैमा लागेर भारत नगएको भए यत्रो दु:ख पाउने थिएनन् । उनलाई आफ्नै फुपु सोना सुनारले मोटो रकम लिएर बिक्री गरेपछि उनलाई आफन्तको समेत बिश्वास उठेको उनि बताउछन् । ललितालाई शारीरिक सम्पर्क राख्न बाध्य पारियो ।

सानै उमेरमा शारिरीक सम्बन्ध राख्दा उनलाई निकै कष्ट भएको उनि बताछन् । एउटा सानो अध्यारो कोठामा बन्दमा बस्न बाध्य भए । उनी १ महिना सम्म राम्रो संग सुत्न समेत नदिएर दिनरात खरिदकर्ता किसन सुनारको यौन प्यास मेटाउन बाध्य पारियो । उनले रातमा पनि राम्रो संग सुत्न पाएनन् । यसै सन्द्रर्भमा माईती नेपाल कञ्चनपुरले दिल्लीको मोतिनगरबाट उद्धार गरेर दोधारा चाँदनी नगरपालिका वडा नं. ९ ललितालाई ल्याएपछि उनि संग पत्रकार पप्पु गुरुङ्गले उनकै घरमा गरिएको संक्षिप्त कुराकानी :–

“आज घरबाट बाहिर निस्कन समेत सकिरहेको छैन् । सबैले मलाई हेरेको देख्दा डर जागेर आउछ् । सबैले मलाई हेर्दै कुरा गरेको देख्दा आफैलाई खिन्नता भएर आउछ् । मेरो फुपुहरु सिता र सोना सुनार हो । उहाँहरु २ फुपु दिल्ली बस्नु हुन्थ्यो । दुबै फुपुहरु बिवाह पछि उहाहरु दिल्लीमा बस्दै आउनुभएको छ् । एक वर्ष अघि मेरो फुपु सिता सुनार दिल्लीबाट दोधारा चाँदनी आउनुभएको थियो । उहाँले मलाई काम लागाईदिन्छु भनेर मलाई आफु संग लग्न थाल्नु भयो । मेरो घरमा मेरो बुवा सधै मदिरा सेवनमा दिन बित्ने गर्छ । आमा सानै छदा बितिसक्नु भयो ।

घरमा बाजे, बज्यै हुनुहुन्छ् । घरमा नुन संग रोटी खाएर दिन बित्थ्यो । घरको आर्थिक समस्याले मैले स्कुल देख्न पनि पाईन् । मैले पनि आफ्नो घरको आर्थिक कठिनाईको बारेमा निकै सोचे । फुपु संग काम गर्न दिल्ली जाने सुर कसे । मेरो भबिष्य कता मोड्ला भन्ने सोच्नै सकिन् । पछि आएर जान ईच्छा पनि जाग्यो । त्यस साँझ खान खाई सकेपनि सुत्न ओछ्यानमा सुते । अबेर सम्म निन्द्रा लागेन् । त्यस रात मलाई खुशी र दुखको पिडा मनमा लिएर निकै लामो परिकल्पना गरे ।

एकातिर मैले कमाएको पैसाले मेरो घरको आर्थिक परिवर्तन गर्न सक्छु भन्ने खुशी थियो । मेरो भबिष्यले राम्रो मोड लिन्छ भन्नेमा म ढुक्क थिए । बिभिन्न परिकल्पनामा डुब्दै कति बेला सुतेछु पत्तोनै भएन् । साँझको भारतको खटिमा बसमा हामी बस्यौ । बसमा राती मलाई पट्कै निन्द्रा लागेन् । म एक्लै रमाई रहे । अलिक पैसा कमाएर घरको आवश्यकता पुरा गर्ने मेरो सपना आखा वरिपरी घुमिरह्यो । बिहान ८ बजे फुपु संग दिल्लीको अन्तराष्ट्रिय बस अड्डा पुग्यौं । कहिले नदेखेको त्यत्रो शहर देख्दा सपनाको संसारमा गए जस्तो लाग्यो मलाई । केहि घण्टामा हामी ट्याक्सी चढेर मोतिनगर पुग्यौं । एक साताको फुपुको घरमा बसाई रह्यो । पुसई देशी मदिरा पसलमा काम गर्नुृ हुन्थ्यो । फुपु कोठीमा झाडु, पोता लगाउने गर्नुहुन्थ्यो । म फुपुको २ छोरा र २ छोरी संग घरमा बस्थे ।

दिनचार्य राम्रै बित्दै गयो । मलाई मेरी फुपु सिताले नौकरीको लागी कुराकानी चलाउदै हुनुहुन्थ्यो । एक दिन मेरो अर्का फुपु सोनाको फोन आयो । मलाई केही दिनको लागी सोना फुपुले आफ्नो घरमा बोलाउनु भयो । उहाँको घर म बसेको सिता फुपुको घर देखि करिब ३ किलोमिटर थियो । सिता फुपुको छोरी धनसरी र मलाई केही दिनको लागी सोना फुपुको घर बस्न पठाउनु भयो । हामी २ जना सोना फुपुको घर पुग्यौ । उसै रात एक २० उमेर भएको किसन सुनार भन्ने मान्छे हामी बसेको सोना फुपुको घर आयो । मलाई र किसनलाई एकै कोठामा राखे । मैले किसन संग बस्न मानेन् । सोना फुपुले गाली गनुृ भयो । किसनले मेरो शरिरमा हात हाल्दै कुरा गर्न खोज्यो । मैलै उसको हात हटाउन प्रयास गर्दै गरे । उसले आफु संग बिवाह गर्न भन्यो । मैले मानेन् । उ रिसाएर फुपुलाई बोलायो ।

अर्का कोठामा रहेका मेरी सोना फुपुले आएर “तँ मान्दैनस्” भन्दै मलाई कुटपिट गनुृ भयो । म रोई मात्र रहे । अब मलाई डर लाग्न थाल्यो । मलाई मोटो रकम लिएर बेचेको कुरा मैले उनको कुराकानीबाट बुझ्न थाले । “यस्ले मान्दैन भने मेरो पैसा फिर्ता चाहियो” भन्दै किसन बाहिरियो । मलाई मेरो सोना फुपुले निकै सम्झाए । म मान्दै मानिन् । त्यो दिन मेरो रोएर बित्यो । म, मेरी सिता फुपुको घर जान्छु भने, तर मलाई घर बाहिर निस्कन समेत दिईएनन् । अर्को साँझ किसन र एक जना कालो कालो मान्छे मोटरसाईकल लिएर आयो । किसन र उसै संग आएको अर्को ब्यक्तीले जबरजस्ती मलाई मोटर साईकलमा हाल्यो । मेरी सोना फुपु हेरेर हासिरहे । म निकै चिच्याए । त्यत्ती बेला रातीको ९ बजेको हुनु पर्छ ।

मेरो आवाज सुन्ने कोही पनि भएनन् । मलाई करिब आधा घण्टाको बाटो हुदै एक घरमा पुगायो । मलाई एक कोठामा थुनेर किसन संग आएको अर्को मान्छे । घर जान्छु भन्दै गयो । त्यस राती मलाई किसनले बारम्बार यौन शोषण गर्‍यो । मेरो उमेर सानै भएको कारण उसको बढेमानको जिउ सकिन । दिन दिनैको किसनको यौन प्यास मेटाउन म, बाध्य बन्दै गए । उसले दिनभरी रातभरी मलाई कोठामा थुनेर कुटपिट गर्न बाहेक केही गरेन् । मेरो १ महिना अन्ध्यारो कोठामा बित्यो । समयमा खान पाईन,  समयमा सुत्न पाईन् । दिनरातको कुटपिट र यौन शोषणले मेरो शरिरै थाकेर आउथ्यो ।

मेरो सानो उमेर भएको ले उसको बढेमानको जिउ मलाई धान्न सकिन । एक दिन मेरो सिता फुपुले थाहा पाएर उनिहरु बिरुद्ध भारतिय प्रहरीमा मुद्धा दर्ता गर्नु भएछ् । अचानक भारतिय प्रहरी र मेरी सिता फुपु आएर मलाई कोठाबाट लिन आउनु भयो । मैले मेरी फुपु भेट्ने बित्तिकै अंगालोमा बाधेर रोए । भारतिय प्रहरीले फुपु सोना सुनार, किसन सुनार गरि ४ जनालाई पक्राउ गर्‍यो, भने मलाई भारतमा रहेको निर्मल निवास भन्ने एक संस्थाले माईती नेपाल मार्फत कञ्चनपुरको दोधारा चाँदनी पुगायो ।”

क्रोएसियासँग पराजित भएपछि स्पेनको भेट इटलीसँग

एजेन्सी,असार ८ । साविकको विजेता स्पेन  युरो कप २०१६ को समूह चरणमा क्रिएसियासँग पराजित भएको छ । फ्रान्समा जारी युरो अन्तर्गत समूह डी को अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित भएपछि स्पेन समूह डी को उपविजेता बन्दै इटलीसँगको भेट पक्का गरेको छ ।  बुधबार विहान भएको खेलमा क्रोएसियाले स्पेनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै ७ अंकका साथ समूह डीको विजेता बनेको क्रोएसियाले नकआउट चरणमा इटलीलाई छलेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web