दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

भदौ २१, २०७८ मा प्रकाशित
Published at 2021-09-06

141 views

काठमाडौँ । एक महिनापछि हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपालका लागि आफ्नो क्षमता जाँच्ने अवसर थियो, भारतसँगको दुई मैत्रीपूर्ण खेल ।

प्रतियोगिता अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रष्ट भनेका थिए, ‘यो खेल हार्नुको अर्थ साफमा पनि हार्छौं भन्ने होइन । तर हामी दुबै खेल जित्न चाहन्छौं । फिफा र्‍याङ्किङका लागि पनि जित्न जरुरी छ ।’

तर नेपालले दुबै खेल जितेन । १७ भदौमा भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले आइतबार भने २–१ गोलको हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको प्लेइङ ११ मा प्रशिक्षक अल्मुताइरीले तीन खेलाडी परिर्वतन गरेका थिए ।

अघिल्लो खेलमा गोल गरेका स्ट्राइकर अञ्जन विष्टको स्थानमा मनिष डाँगीलाई स्थान दिए भने नवयुग श्रेष्ठलाई बेञ्चमा राखेर आशिष लामा आए । यस्तै मिडफिल्डमा सुमन अर्यालको स्थानमा सुजल श्रेष्ठलाई अवसर दिए ।

पहिलो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । नेपाली डिफेण्डरको उत्कृष्ट प्रदर्शनका कारण भारतले उल्लेख्य आक्रमण बुन्न सकेन ।

पहिलो हाफमा नेपालले पनि गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेन । अनुभवी स्ट्राइकरलाई बेञ्चमा राखेर आएका मनिष र आशिष गोल गर्न चुके । खेलको १४ औं मिनेटमा मनिषले पेनाल्टी एरियाभित्र वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

भारतीय गोलरक्षक अमरिन्दर सिंह आफ्नो स्वाभाविक पोजिसनमा भएको बेला पनि मनिष आफैं अनियन्त्रित भए र नेपालले गोल गर्ने राम्रो अवसर गुमायो ।

खेलको २७ औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर गुमायो । आयुष घलानको लामो क्रसमा आशिषले सिक्स यार्ड बक्सबाट बललाई कनेक्ट गर्न सकेनन् ।

पहिलो हाफमा अन्तिमतिर भारतले एउटा अवसर बनाएको थियो । ४१ औं मिनेटमा विपिन सिंहले क्रस गरेको बल नेपालका गौतम श्रेष्ठले क्लियर गरेका थिए ।

पहिलो हाफ सकिन दुई मिनेटअघि नेपाली प्रशिक्षक अल्मुताइरीले आशिष र सुमन लामाको स्थानमा विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.