देश फर्कने प्रवासीहरुलाई कोरोना भाइरस खोप दिदैँ

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

197 views

टोकियो, जापान । जापानले टोकियो नजिकैका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा अस्थायी रूपमा आफ्नो देश फर्कने प्रवासीहरुलाई कोरोना भाइरस खोप दिन थालेको छ । खोप चिबा प्रान्तको नारिता अन्तर्राष्ट्रिय बिमानस्थल र टोकियोको हानेदा बिमानस्थलमा बिहान १० देखि बेलुका ५ बजे सम्म लगाउन थालिएको छ । मानिसहरुले खोपको लागि सरकारी वेबसाइटमा पूर्व जानकारी गराएर बुकिगं गराउनुपर्नेछ । यो कदम सरकारले विदेशमा बस्ने जापानी नागरिकहरुलाई कभर गर्न गरेको एक सर्वेक्षणपछि चालिएको हो । सर्वेक्षणमा जापानबाट फर्कन चाहने उत्तरदाताहरु मध्ये धेरैले उनीहरु जापानमा नै खोप प्राप्त गर्न ईच्छाएको पाइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार आफ्नो देश फर्कन चाहेका करिब ४०,००० विदेशीहरु जापानमा खोप पाउने आशामा छन् । यस मध्ये सय बढी व्यक्तिलाई आईतबार खोप लगाइने भएको छ । खोप कार्यक्रम सातै दिन जारी रहनेछ । यसरी फर्कने नागरिकहरुको लागी खोप अर्को बर्ष जनवरीको शुरु सम्म जारी रहनेछ । परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले विश्वभर कोरोना संक्रमण बढिरहेकाले खोप लगाउन चाहने विदेशीहरुलाई यस अवसरको उपयोग गर्नको लागी आव्हान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.