ढलले बगाउँदा एक महिला बेपत्ता

अशोज ५, २०७८ मा प्रकाशित
Published at 2021-09-21

102 views

काठमाडौँ । काठमाण्डौको नयाँ बस्तीमा ढलले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।

हिजो बेलुका साढे सात बजेतिर ठूलो पानी परेका बेला बाटो हिँडिरहेकी अन्दाजी ४० वर्षकी एक महिला चिप्लिएर ढलमा खसेकी प्रहरीले जनाएको छ ।

उनको परिचय खुलेको छैन् । हिजोदेखि नै उनको खोजी गरे पनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.