टोकियो ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा

साउन १४, २०७८ मा प्रकाशित
Published at 2021-07-29

198 views

काठमाडौँ । जापानमा भइरहेकाे टोकियो ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित २२ पदक जितेको छ ।

दोस्रो स्थानको चीनले १२ स्वर्ण, ६ रजत र नौ कास्यसहित २७ पदक जितेको छ । अमेरिका ११ स्वर्ण, ११ रजत र नौ कास्यसहित ३१ पदकका साथ तेस्रो स्थानमा छ ।

यस्तै अहिलेसम्म रसियन ओलम्पिक कमिटीले सात, अस्ट्रेलियाले ६, बेलायतले पाँच, दक्षिण कोरियाले चार र जर्मनी र फ्रान्सले तीन/तीन स्वर्ण जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.