छिन्नमस्ता मन्दिरको मुकुट चोरी

साउन १८, २०७८ मा प्रकाशित
Published at 2021-08-02

141 views

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आज साँझ चोरी भएको छ । साँझ करिब ७ः ३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।

यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । साथै चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.