चार सांसदमाथिको कारवाही रोक्ने अन्तरिम आदेश खारेज

साउन १८, २०७८ मा प्रकाशित
Published at 2021-08-02

165 views

काठमाडौ । सर्वोच्च अदालतले फ्लोर क्रस गर्नुभएका कर्णाली प्रदेशका चार सांसदलाई कारवाही नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले सो आदेश गरेको हो । यो आदेशसँगै एमालेका चार सांसद पदमुक्त हुनुभएको छ । सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई फ्लोर क्रस गरेको भन्दै एमेलेले कारवाही गरेको थियो ।

सो कारवाहीविरुद्ध चार सांसदले दिएको रिटमा यस अघि कारवाही नर्गन अन्तरिम आदेश भएको थियो । सो आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्याकेट निवेदन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.