गैर आवासिय नेपाली संघ जापानको अध्यक्षमा पौडेल बिजयी

साउन १५, २०७८ मा प्रकाशित
Published at 2021-07-30

218 views

टोकियो, जापान । गैर आवासिय नेपाली संघ जापानको अध्यक्षमा शिव प्रसाद पौडेल बिजयी हुनुभएको छ । अध्यक्षमा पौडेल निर्वाचीत हुँदा बरिष्ठ उपाध्यक्षमा नविन न्युरे बिजयी हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार जुलाई ३० तारिख बिहान १० देखी साँझ ८ बजेसम्म अनलाईन मार्फत गरिएको मतदानमा कुल ७५७१ मत खसेको थियो ।

जस अनुसार बिजयी हुनुभएका अध्यक्ष पौडेलले ३०३८ मत र बरिष्ठ उपाध्यक्ष नविन न्युरेले ३९९३ मत पाउनुभएको छ ।

यसैगरि उपाध्यक्षमा राम थापा अनिल सर्वाधिक २७८० मत सहित बिजयी हुनुभएको छ ।

राजकुमार अधिकारी, राम कृष्ण श्रेष्ठ र महेश कुमार कटवाल पनि उपाध्यक्षमा बिजयी हुनुभएको छ ।

महिला उपाध्यक्ष तर्फ संगिता अधिकारी ३८२२ मत सहित निर्वाचीत हुनुभएको छ ।

महासचिवमा सिद्वार्थ श्रेष्ठ निर्वाचीत हुनुभएको निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाममा उल्लेख छ ।

यसै गरि कोषाध्यक्ष पदमा कृष्ण शर्मा गैरे बिजयी हुनुभएको छ ।

युवा संयोजकमा राकेश रुम्बा चयन हुनुभएको छ ।

केन्द्रिय सदस्यमा राजु भण्डारी सुनिल, चन्द्र कुमारी केसी, प्रकाश लामिछाने, भिमसेन राय, लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै, दिलिप कंडेल निर्वाचीत हुनुभएको छ ।

आईसीसी सदस्यमा जापानबाट ६ पदको लागि ८ जना चुनावी भिडन्त हुँदा सबैभन्दा बढी मत ल्याएर दिपक कार्की बिजयी हुनुभएको छ ।

यसैगरि आईसीसी अन्य सदस्यमा श्रवण कुमार सत्याल, रोविन शेरचन, लक्ष्मण बानिया, सुपेन्द्र घिसिगं, सुपेन्द्र घिसिङ, नरबहादुर थापा निर्वाचीत हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.