खोलाले बगाउँदा ४ वर्षीया बालिका बेपत्ता

भदौ २३, २०७८ मा प्रकाशित
Published at 2021-09-08

200 views

पाँचथर । पाँचथरमा खोलाले बगाउँदा चार वर्षीया बालिका बेपत्ता भएकी छिन् । जिल्लाको हिलिहाङ गाँउपालिका–७ सल्लेरीका गजेन्द्र लिम्बूकी ४ वर्षीया छोरी आँचल लिम्बूलाई खोलाले बगाएको पाँचथर प्रहरीले जनाएको छ ।

साथीहरुसँग खेल्न हेंवा खोला गएकी उनलाई सोमबार साँझ नै खोलाले बगाएको हो । खोलाले बगाँउदा बेपत्ता उनको खोजीका लागि प्रहरी नायव उपरीक्षक दानबहादुर थापाको कमाण्डमा गएका प्रहरीसँगै स्थानीयले खोजिकार्य जारी राखे पनि हालसम्म फेला नपरेको बताइएको छ ।

प्रहरीका अनुसार दाइ–दिदी र छिमेकका साथीसँगै खोलामा गएकी बालिका किनारमा खेल्ने क्रममा खोेलाले बगाएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.