खोप प्रमाणीकरण जिल्ला र प्रदेशबाटै

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

169 views

काठमाडौँ । वैदेशिक रोजगारीमा जान चाहनेले खोप लगाएको प्रमाणीकरण जिल्ला र प्रदेश स्तरबाटै गर्न मिल्ने भएको छ । सरकारले खोप लगाएको प्रमाणीकरण काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, पाटन अस्पताल र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा मात्रै गर्ने व्यवस्था गरेको थियो ।

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट खोप लगाएको प्रमाणीकरण गर्न चार अस्पताल मात्रै जानुपर्ने बाध्यताबाट मुक्त गर्न ५० बेड क्षमताभन्दा माथिका जुनसुकै सरकारी अस्पतालमा गर्न सकिने व्यवस्था गरेको हो । ‘अब खोप लगाएको प्रमाणीकरण गर्न काठमाडौंमा घण्टौं लाइन बसिरहनु पर्दैन,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले भने,‘जिल्ला, प्रदेश र संघको ५० बेडभन्दा माथिका सरकारी अस्पतालमा खोप लगाएको प्रमाणीकरण गर्ने अधिकार दिइसकेको छ । यो सेवा सोमबारदेखि नै सुरु हुन्छ ।’ निर्णय कार्यान्वयन गर्न परिपत्र भइसकेको उनले बताए ।

सरकारले खोप लगाउने बित्तकै क्यूआर कोड बिनाको कार्ड दिने गरेको छ । जुन कार्डलाई अन्य मुलुकले मान्यता नदिएपछि प्रमाणीकरण गर्ने गरिएको छ । केही देशले प्रमाणीकरण पत्रलाई मात्रै अझै मान्यता दिएको छैन । कुवेतले खोप लगाएको प्रमाण क्यूआर कोर्डबाट नै थाहा हुने प्रणाली नभएको मुलुकका नागरिकलाई आफ्नो मुलुकमा प्रवेश दिएको छैन । काठमाडौंको भद्रकालीमा केही युवाले क्यूआर कोडसहितको कार्ड माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.