क्षेत्रीय सभापतिमा प्याकुरेलबाट उम्मेदवारी घोषणा, युवा वर्गमा खुसीको तरङ्ग 

कार्तिक २४, २०७८ मा प्रकाशित
Published at 2021-11-10

236 views

त्रिशूली । नेपाली कांग्रेस नुवाकोटको १४औँ अधिवशेनमा क्षेत्रीय सभापतिमा मच्छिन्द्रनरसिंह प्याकुरेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि राजनीति र समाजसेवामा क्रियाशिल रहनुभएका प्याकुरेलले आगामी मंसिर ६ गते हुन लागिरहेको नेपाली काँग्रेसको प्रतिनिधिसभा निर्वाचत क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । 'पाटीको क्रियाशिल सदस्यमा आधा भन्दाबढी युवा भएपनि नेतृत्वमा युवाको स्थान कमजोर भैरहेको' तथा 'यसअघि पाटीको नेतृत्वमा रहेकाबाट आशालाग्दो काम नभएको' टिप्पणी भैरहेको समयमा विद्यार्थी जीवनमा नै नेविसंघको नर्सरीबाट हुर्कनुभएका प्याकुरेलले क्षेत्रीय सभापतिमा उम्मेदवार घोषण गरेसगैँ युवाको लागी खुसीको नयाँ तरङ्ग पैदा भएको छ ।

गृह मन्त्रालय अन्तरगत राष्ट्रसेवक कर्मचारी (नायव सुब्बा)मा कार्यरत रहनुभएका उहाँले त्यहाँबाट बिदा हुदै (राजीनामा दिएर) थप सक्रिय राजनीतिमा होमिने घोषणा गर्नुभएको हो । उहाँ (मच्छिन्द्रनरसिंह प्याकुरेल) सहितको उम्मेदवारी घोषणालाई जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले प्यानल सहितको उम्मेदवारी घोषणा गरेसगैँ आसन्न निर्वाचनमा जितको लागी सुनिश्चित रहेको पक्का भएको छ । क्षेत्रीय सभापतिको लागी क्षेत्र नं. १ मा विषम रिमाल र क्षेत्र नं. २ मा प्याकुरेलले गरेको उम्मेदवारीलाई पाटीको अहिलेको जिल्ला पदाधिकारीले आधिकारिक उम्मेदवारको रुपमा लिएको छ ।

यसैगरी, क्षेत्रको प्रदेश सभापतिमा प्याुकरेलको साथमा सबै युवा नेताले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नं .१ को प्रदेश 'क' सभापतिमा सरोज केसी, प्रदेश 'ख' मा ऋषिकुमार तामाङ, क्षेत्र नंं २ को प्रदेश 'क' मा अक्कल बहादुर ढुङ्गाना (श्याम) र प्रदेश 'ख' मा आत्तमसिंह तामाङले उम्मेदवारी घोषणा गरेका छन् ।


युवाहरुको टिमको साथमा पनि सबैभन्दा कान्छा उम्मेदवार रहेका मच्छिन्द्रनरसिंह प्याकुरेललाई 'राजनीति र समाजसेवा तथा जनताको दुःखको साथी'को रुपमा बनाएको प्रतिष्ठाले नयाँ तरङ्ग फैलिएको हो । पाटी भित्रको आन्तरिक प्रतिस्पर्धामा मात्रै नभई उहाँको राजनीति र समाजसेवाको सक्रियतालाई विपक्षीहरुले समेत अनुसरण गर्दै अघि बढेकाले पनि आसन्न निर्वाचनमा मच्छिन्द्रनरसिंह प्याकुरेलको उम्मेदवारीले राजनीतिमा समाजसेवा, इमान्दारिता, निष्ठा र त्यागी नेताको अभावलाई पूरा गर्ने आशा जगाएको हो ।

नुवाकोट र रसुवाको लागी मात्रै नभई यहाँबाट अन्यत्र गएका बिरामीको लागी रगतको व्यवस्थापनमा व्यक्तिगत लगानीबाट महत्वपूर्ण योगदान पुर्याउदै आउनुभएका (ब्लड अन रिक्योस्ट इन नुवाकोट ग्रुप मार्फत) मच्छिन्द्रनरसिंह प्याकुरेललाई भूकम्प र कोरोना सक्रमणको समयमा हजारौ घरपरिवारको लागी राहत (खाद्यान्न र लत्ताकपडा ) वितरण, आर्थिक अभावमा उपचारबाट बञ्चित भएका बिरामीको लागी समुदायस्तरबाटै आर्थिक संकलन, मजदुर, श्रमिक, पछी परेका व्यक्ति तथा समुदायको लागी हित एंव प्रबद्धनको लागी युवा वर्गको साथमा अभियान चलाउदै आउनुभएका उहाँ पारस्पारिक रुपमा सबै विचार समूहमा लोकप्रिय व्यक्तित्वको रुपमा रहनुभएको छ भने प्रतिस्पर्धिको लागी भने उहाँ बलियो अबरोधको रुपमा समेत चिनिदै आउनुभएको छ । महङ्गी विरुद्धको आफ्नै होस कि विपक्षी नेतृत्वका सरकारको लागी सडक आन्दोलन तथा दबाबमूलक कार्यक्रममा अग्रपक्तिमा उभिदै आउनुभएका उहाँले  मिचिएका सीमा अतिक्रमण, न्यायको प्राप्तीको लागी आयोजना गरिएको संघर्षका कार्यक्रम एंव जातीय, लैङ्गिकता, समानता तथा अवसरको पहुँचमा सबै वर्गलाई पुराउन गरिने बिरोधका कार्यक्रममा उहाँको भूमिका सदैव महत्वपूर्ण रहदै आएकाले पनि नेपाली काग्रेसको क्षेत्रीय सभापतिको लागी मच्छिन्द्रनरसिंह प्याकुरेलले घोषणा गरेको उम्मेदवारीले युवा वर्गमा नयाँ तरङ्ग फैलिएको हो ।


'कर्मचारीले पनि राजनीति गर्छन र ?' भन्ने आरोप लाग्ने गरेको भएपनि राष्ट्रसेवक भएर पुराउदै आएको सेवाको योगदानमा निष्पक्ष, जनताको लागी जतिसक्दो छिट्टो एंव छरितो सेवा दिन र समस्यामा परेकाहरुको समाधान गर्दै कर्मचारीमा रहदाको समयमा उहाँको योगदान साविकको विभिन्न गाविसहरु , म्यागङ गाँउपालिका र त्यसअन्तरगको वडा एंव जिल्ला प्रशासन कार्यालयमा प्रशंसनीय रहेको छ ।

कर्मचारी भएर सेवा पुराउदै आएको समयमा उहाँले पाटीको गतिविधि, संगठनको चलायमान, गाँउगाँउमा पाटीको कार्यक्रमको आयोजना तथा ब्यावस्थापन , युवालाई राजनीतिमा अग्रसर, क्याम्पस र विद्यालयतहदेखि पाटीसम्म संगठन निर्माण, भातृ सँस्थाहरुको चलायमान र प्रतिस्पर्धामा उहाँको ' चलाखीपूर्ण रणनीति'ले पाउने गरेको सफलताले क्षेत्रीय सभापतिको उम्मेदवारीमा मच्छिन्द्रनरसिंह प्याकुरेलको घोषणाले नुवाकोटको राजनीतिमा आशा लाग्दो युवाको आवागमन देखाएको हो ।

क्षेत्रीय सभापतिमा मच्छिन्द्रनरसिंह प्याकुरेललाई मतदानको लागी क्षेत्रीय प्रतिनिधिहरु समक्षा उहाँको आह्वान :

* नेपाली काङ्ग्रेसको बिज संगठन नेपाल विद्यार्थी संघको राजनितिबाट खारिएर आफुलाई प्रमाणित गराउदै आउनुभएकाले ।
* राजनितीमा लोप हुँदै लगेको नैतिकता र ईमान्दारितालाई पुनर्जीवन दिदै उदाहरणीय बनाउन ।
* पाटिक‍ो हरेक आन्दोलन र उपस्थिति आवश्यक ठाउमा आफुमात्र नभई सयौ साथिहरुलाई एकताबद्ध गराई अग्रमोचामा उभिने एक निडर र बफादार सिपाहि भएकाले ।
* अग्रजलाई सम्मानसहित सहकर्मि र उदयमान साथिहरु सबैलाई एकाकार गरि संगठनलाई अघि बढाउन सक्ने नेतृत्व क्षमता भएकाले!
* वर्तमान प्रविधिको युगसंगै आफु र आफ्नो संगठनलाई डोहोर्याउन सक्षम भएकाले ।
* काङ्ग्रेस जस्तो गौरवशालि पाटिमा उर्जावान पुस्ताको नेतृत्वको प्रतिनिधित्व गराउन ।
* बोलेर मात्र होइन गरेर पटक पटक जुनकुनै क्षेत्रमा आफुलाई अब्बल प्रमाणित गरिसकेकाले आगामि नेतृत्वको जिम्मेवारीको भारि गन्तव्यमा पुर्याउनुहुनेछ भन्ने विश्वासयोग्य उम्मेद्वार भएकाले ।
* गरिव,दुखि,असाहाय र अप्ठ्यारामा परेका नुवाकोटे जनताको सारथिको रुपमा परिचय बनाउनुभएकाले ।
* कसैको घरमा चुल्हो बलेन सम्झने नाम,कोहि ठूलो रोग लागेर हस्पिटलको शैयामा वेखर्चि भएर छटपटाईरहदा सम्झने नाम,कोहि रगत नपाएर जीवन र मरणको दोसाँधमा तड्पिरहदा सम्झने नाम,कहि कोहि प्राकृतिक प्रकोपमा पर्दा सम्झिने नाम मछिन्द्र नरसिंह प्याकुरेल भएकाले ।
* जिल्लाभित्र संचालित सामाजिक संघसंस्था, सरकारि तथा गैरसरकारी संघसंस्थाले गार्होसाघुरो र सामुदायिक सहयोग चाहिदा सम्झने नाम र कहि कतै पद ,पहुच स्रोत र साधनको दुरुपयोग हुन लाग्दा वा हुँदै गर्दा झस्काउने नाम मच्छिन्द्र नरसिंह प्याकुरेल भएकाले ।
* जुनसुकै कार्यसम्पादनका लागि अग्रिम खाका र त्यसको लक्ष्य र उद्देश्य प्राप्तिका लागि तथ्यसहित पुर्वयोजना बनाएर कार्यन्वयनमा लान सक्ने क्षमता भरिपुर्ण भएकाले  ।
* संगठनलाई चुस्तदुरुस्त र समयसापेक्ष रुपमा चलायमान बनाई आगामि दिनहरुमा प्रतिस्पर्धि पाटिहरुभन्दा हाम्रो पाटिलाई अब्बल साबित गराई विजपथमा हिडाउन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.