कोरोना सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झर्‍यो

मंसिर २, २०७८ मा प्रकाशित
Published at 2021-11-18

40 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झरेको छ । ११ हजार एक सय ५१ जनाको नमुना परीक्षण गर्दा जम्मा दुई सय ९९ जनामा सङ्क्रमण देखिएको छ । यो परीक्षण गरिएका नमुनाको दुई दशमलव ६८ प्रतिशत हो ।

नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि आज बिहीवार दोस्रो पटक सङ्क्रमण दर तीन प्रतिशतभन्दा तल झरेको हो । यसअघि कात्तिक २५ गते सङ्क्रमण दर साढे दुई प्रतिशतमा झरेको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार एक सय ७६ पुगेको छ । अहिले नेपालमा सात हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा ६ जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७१ हजार आठ सय ९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.