कारागारबाट रेशम चौधरी पुगे निर्वाचन आयोगमा

साउन ११, २०७८ मा प्रकाशित
Published at 2021-07-26

125 views

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेशम चौधरी निर्वाचन आयाेगमा उपस्थित हुनभएकाे छ ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी अहिले निर्वाचन आयोग पुग्नुभएको छ । जसपाको आधिकारिकता विवाद भएपछि त्यसको निरूपणका लागि निर्वाचन आयोगले सनाखत गर्न सबै नेतालाई बोलाएपछि डिल्लीबजार कारागारमा रहनुभएका चौधरी आयोग पुग्नुभएको हो ।

चौधरीले आफू कुन पक्षलाई सनाखत गर्ने भन्ने विषयमा खुलाउनुभएको छैन । चौधरीले आफूले पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसँग छलफल गरेपछि सनाखत गर्ने बताउनुभएको छ ।

जसपाको आधिकारिकता विवाद निरूपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई आज सोमवार बोलाएको हाे । अहिले जसपाका सबै नेता सनाखतका लागि निर्वाचन आयोगमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.