कान्दाहारसहित महत्त्वपूर्ण सहर तालिबानको कब्जामा

साउन २९, २०७८ मा प्रकाशित
Published at 2021-08-13

118 views

काठमाडौँ । विद्रोही समूह तालिबानले अफगानिस्तानको घाज्नी र हेरात सहरमा पनि कब्जा जमाएको छ । यसलाई तालिबानले महत्त्वपूर्ण जित मानेको छ ।

रणनीतिक रुपमा मुख्य मानिने घाज्नीमा कब्जा जमाए पछि तालिबानले अब राजधानी काबुलमा पनि कब्जा गर्ने सम्भावना बढेको छ ।

घाज्नी काबुलदेखि १५० किलोटिर दूरीमा पर्छ । तालिबानले अफगानिस्ताको दोस्रो ठूलो सहर कान्दाहारलाई पनि कब्जामा लिएको छ । कान्दाहारमा भीषण युद्ध चलिरहेको छ । युद्धका कारण हजारौँ मानिस विस्थापित भएका छन् । तालिबानको सक्रियता बढेसँगै अफगान सरकारले धेरै ठाउँमा नियन्त्रण गुमाउँदै गएको छ ।

विशेष गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकुले आफ्नो पकड बढाउँदै लगेका बीबीसीले जनाएको छ । तालिबानले धेरै सहरलाई कब्जामा लिन थालेसँगै सरकारी वार्ता टोलीले सत्ता साझेदारीको प्रस्ताव गरेको छ ।

आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो । तर, तालिबानले भने स्थायी शान्ति स्थापनाको लागि राष्ट्रपति असरफ घानी सत्ताबाट बाहिरिनुपर्ने बताउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.