कांग्रेस सांसद सिंहद्वारा राजीनामा

साउन ७, २०७८ मा प्रकाशित
Published at 2021-07-22

71 views

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले राजीनामा दिनुभएकाे छ । सांसद चाैधरीले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएकाे हाे ।

पार्टीकाे क्रियाशील सदस्यता वितरणमा भएकाे विवादलाई लिएर असन्तुष्ट बन्नुभएका सांसद सिंहले प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाउनुभएकाे हाे । उहाँ पार्टीको प्रदेश २ मा उपसभापति विमलेन्द्र निधिको काम र व्यवहारप्रति पनि असन्तुष्ट हुनुहुन्थ्याे ।

‘पार्टीलाई आफ्नो काबुमा राख्ने निहित उद्देश्यबाट प्रेरित भइ नेतृत्व तहकै नेताबाट गैरजिम्मेवार व्यवहार प्रस्तुत हुँदा आम निष्ठावान् कार्यकर्तामा निराशा बढेको छ र प्रदेशमा कांग्रेस पार्टीको स्थिति थप रक्षात्मक अवस्थामा पुग्ने खतरा पनि निम्तिएको छ । यस्तो अवस्थामा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा मैले विशेष निर्णय लिनुपर्ने भएको छ’, सांसद सिंहले राजीनामा पत्रमा लेख्नुभएको छ ।

उहाँ सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.