कांग्रेस महामन्त्री कोइराला दिल्लीमा

कार्तिक १०, २०७८ मा प्रकाशित
Published at 2021-10-27

117 views

काठमाडौँ । कांग्रेस महामन्त्री शशांक कोइराला निजी भ्रमणमा दिल्ली आइपुगेका छन् । मुम्बई हुँदै उनी दिल्ली आएका हुन् ।

कोइराला पार्टीका केही नेताका साथ शनिबार मुम्बई पुगेका थिए । त्यहाँ उनले क्यान्सरको उपचार गराइरहेका कांग्रेस सांसद कर्मा घलेको स्वास्थ्य अवस्था बुझेका थिए । त्यहाँबाट दिल्ली आइपुगेका उनले मंगलबार नेता प्रदीप गिरिलाई भेटेका छन् । कांग्रेस नेता गिरि तीन महिनादेखि दिल्लीमा स्वास्थ्य उपचार गराइरहेका छन् ।

कोइरालाले भारतमा उपचाररत दुई नेताको स्वास्थ्य जानकारी लिन र उनीहरूलाई भेट्न मात्रै यता आएको बताए । उनले मंगलबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भने भेटेका छन् ।

कोइरालाका साथमा कांग्रेस नेता दीपक गिरी, दीपक खड्का, लमजुङ मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, निजी सचिव भरत तिवारी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.