एमालेले स्थानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

196 views

काठमाडौ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। आज बसेको स्थायी कमिटी बैठकले साउन २४ गतेलाई केन्द्रीय कमिटीको बैठक बोलाएको महासचिव ईश्वर पोखरेलले बताए।

यस्तै बैठकले भदौ २७ र २८ गते हुने विधान महाधिवेशन अगाडि सदस्यता नवीकरणको काम सक्ने निर्णय गरेको छ। यस्तै असोज ३ गते वडा तहको र असोज ९ गते पालिका तहका अधिवेशन गरिसक्ने भएको छ।

बैठकमा पार्टी एकताका प्रयासबारे विघटित कार्यदलका सदस्यहरूले जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.