एमालेको स्थायी कमिटी बैठक जारी

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

92 views

काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरमा बसिरहेको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा करिब १ घण्टापछि सुरु भएको हो ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । पार्टी एकता प्रयासलाई अगाडि बढाउने भनेर शनिबार बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । तर आइतबारसम्म पनि नेपाल पक्षसँग कुनै सहमति भएन ।

शनिबार नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल दुवै जनासँग छलफल गरेका थिए । तर कुनै निष्कर्ष निस्केन ।

बैठकमा विधान अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतम सहभागी हुने गरेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.