एटीएम मेशिन तोडफोडमा संलग्न पक्राउ

साउन १७, २०७८ मा प्रकाशित
Published at 2021-08-01

187 views

दाङ । दाङको घोराहीमा बैंकको एटीएम मेशिन फोड्न खोज्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ मंलेरीका १८ वर्षीय सुवास विक र सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरूले साउन १२ गते राति घोराही १५ शहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटीएम मेशिन तोडफोड गरेका थिए । एटीएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको प्रहरीले जनाएको छ ।

त्यसपछि फरार रहँदै आएका उनीहरूलाई घोराही १५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.