उत्तर कोरियाद्वारा जापानी समुद्री तट नजिक क्षेप्यास्त्र प्रहार

कार्तिक ३, २०७८ मा प्रकाशित
Published at 2021-10-20

118 views

काठमाडौँ । उत्तर कोरियाले जापानी तटनजिक क्षेप्यास्त्र प्रहार गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार उत्तर कोरियाले  पूर्वी तटीय क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उत्तर कोरियाका विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका जासुसी संस्थाका प्रमुखबीच वार्ता हुन गइरहेका बेला क्षेप्यास्त्र प्रहार भएको हो । क्षेप्यास्त्र जापानी समुद्रमा खसेको खबरमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लगातार आफ्ना हतियार विकास कार्यक्रमलाई विस्तार गरिरहेको छ । उसले लगातार क्षेप्यास्त्र परीक्षणसमेत गर्दै आएको छ ।

दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले हाइपरसोनिक, लामो दुरीको क्रुज क्षेप्यास्त्र र एन्टी–एअरक्राफ्ट हतियारको परीक्षण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.