ईपीएल खेल्ने खेलाडीको तलब बृद्धि

साउन ३२, २०७८ मा प्रकाशित
Published at 2021-08-16

241 views

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ ।

ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो । कोरोना महामारीको कारण खेलाडीले ब्यहाेरेकाे कठिनाइलाई मध्यनजर गर्दै तलब २० प्रतिशतले बढाइएको ईपीएलले जनाएको छ ।

प्रतियोगितामा सहभागी टिमका मालिक र लिग व्यवस्थापनको बैठकले तलब बढाउने निर्णय गरेको हो । ईपीएल आउँदो असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.