आतंकवादीसँगको सम्बन्ध अन्त्य गर्न तालिबानलाई चीनको आग्रह

भदौ १२, २०७८ मा प्रकाशित
Published at 2021-08-28

159 views

काठमाडौँ । चीनले आतंकवादीसँगको सम्बन्ध अन्त्य गर्न तालिबान समूहलाई आग्रह गरेको छ । काबुल विमानस्थलमा एक सय ७० जनाको ज्यान जाने गरी भएको विस्फोटपछि चीनले क्षेत्रीय स्थिरता र विकास साझेदारीमा असर गर्ने खालका गतिविधिलाई रोक लगाउन आतंकवादी समूहसँगको सम्बन्ध तोड्न भनेको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले बितेका २० वर्षमा अफगानिस्तानमा केही आतंकवादी संगठनहरु विकसित भएका र उनीहरुले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षालाई खतरा पैदा गरेका भन्दै तालिबानले उनीहरुसँग सम्बन्ध बनाउने नभइ निस्तेज पार्नुपर्ने बताउनुभयो ।

बिहिबार काबुल विमानस्थलमा भएको आक्रमणमा १३ जना अमेरिकी सैनिक र २ जना बेलायती नागरिकसहित एक सय ७० जनाको ज्यान गएको छ । घटनामा एक हजार दुई सय ७६ जना घाइते भएका छन् । चीनले काबुल विमानस्थल बाहिर भएको विस्फोट अफगानिस्तान छाड्ने अमेरिकी अपरिपक्व, गैरजिम्मेवारी र अव्यवस्थित निर्णयको उपज भएको समेत बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.