आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आए

भदौ १९, २०७८ मा प्रकाशित
Published at 2021-09-04

251 views

काठमाडौँ । बितेको आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आएका छन् ।

गएको जनवरीदेखि अगष्ट महिनासम्ममा ६६ हजार नौ सय ६६ जना विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भए पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको बोर्डका प्रवक्ता मणि लामिछानेले बताउनुभयो ।

यसरी नेपालमा बढीजसाे पर्यटक हिमाल आरोहण तथा हिमाली पदयात्राका लागि आउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.