हस्तक्षेप र दबाब सहन्नौं, हस्तक्षेप गर्दा भारत एक्लियो :प्रम ओली

२४ चैत,  काठमाडौं ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तराष्ट्रिय समुदायमा एक्लिएको र आफ्नै मुलुक भित्र चर्को आलोचना खेपेपछि नेपालको मधेस आन्दोलनबाट भारत पछाडि सरेको ठहर गरेका छन् ।

मंगलबार सुरु भएको एमाले पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीले प्रतिकुल अन्तराष्ट्रिय र राष्ट्रिय परिवेशका कारण अघोषित नाकाबन्दीलाई भारतले फिर्ता लिएको उल्लेख गरेका आजको अन्नपूर्णमा समाचार छ ।

ओलीले प्रतिवेदनमा भनेका छन्,’अन्तराष्ट्रिय जगतको व्यापक आलोचना आफनो देशभित्रको चर्को दवाब, मधेश आन्दोलनलाई थप लम्ब्याउन नसकिने यथार्थबोधका कारण भारत सरकारले आफ्ना नीतिहरुको पुनरावलोकन गर्दै नाकाबन्दी अघोषित रुपमा हटाएको बताएका छन् ।

कुनै पनि मुलुकको आन्तरिक मामलामा अनुचित चासो र हस्तक्षेप बान्छनीय नहुने भन्दै प्रधानमन्त्री ओलीले संविधान जारी गरेपछि भारतले अनावश्यक चासो राखेको उल्लेख गरेका छन् ।

उनले नाकाबन्दीको बिषयमा अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराएको तथा भारत भ्रमणपछि सम्बन्धमा सुधार आएको उनले उल्लेख गरेका छन् ।

संविधान निर्माण कुनै पनि सार्वभौम मुलुकको आन्तरिक मामिला र सम्पूर्णरुपमा उसको स्वतन्त्र निर्णयको बिषय भएको उल्लेख गर्दै ओलीले त्यसमा अनुचित चासो र हस्तक्षेपलाई बान्छनीय र ग्राह्य नहुने उल्लेख गरेका छन ।

पार्टी अध्यक्षको हैसियतले प्रतिवेदन पेश गर्दै ओलीले नाकाबन्दीले राष्ट्रिय स्वाधीनतालाई चुनौती दिएपनि त्यसको बिरोधमा सिंगो राष्ट्र एकताबद्ध भएको पनि प्रतिबेदनमा उल्लेख गरेका छन् ।

नेपाली नयाँ बर्षमा ओटेलको नयाँ अफर

२४ चैत, टोकियो ।
ओटेल कम्पनीले नेपाली नयाँ वर्ष २०७३ को अवसरमा छुट सहितको नयाँ अफर सार्वजनिक गरेको छ ।

स्प्रिङ अफरको रुपमा ओटेलले आफ्नो रिचार्जमा दश प्रतिशत सम्मको बोनश दिने बताएको छ ।

ईन्टरनेट मार्फत विश्वभर कल गर्न सकिने ओटेलका प्रिपेड भौचर, पे पल र स्मार्टपिट बाट ओटेल फ्रिमा गरिने हरेक रिचार्जमा दश प्रतिशत बोनस पाइने छ ।

ओटेल कम्पनीले जनाए अनुसार पेपलबाट ओटेल फ्रि रिचार्ज गर्दा बोनश रकम २४ घण्टा भित्र प्रयोगकर्ताको एकाउन्टमा थपिनेछ भने प्रिपेड भौचर र स्मार्टपिट बाट रिचार्ज गर्दा बोनश रकम तत्कालै थपिनेछ ।

जुनसुकै देशबाट एसएमएस, ओटेल फ्रिको सशुल्क टेलिफोन वा ब्यालेन्स ट्रान्सफर पनि गर्न सकिने व्यवस्था समेत गरेको ओटेलले २०१६ अप्रिल १ देखि अप्रिल ३० सम्म मात्र नयाँ अफर लागू हुने बताएको छ ।

कम्पनीकाले निशुल्क अडियो तथा भिडियो कल, ग्रुपकल र च्याट लगायतका सुविधाहरु यथावत राखिएको जनाउँदै थप जानकारी कम्पनीको आधिकारीक वेवसाइट र फेसबुक पेजबाट लिन सकिने बताएको छ ।

दुई महिना लामो उपचारपछि संगीतकार गुरुङ स्वदेश फिर्ता

१८ चैत, काठमाडौं ।
वरिष्ठ संगीतकार अम्बर गुरुङ भारतमा दुई महिना लामो उपचारपछि स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रियगानका संगीतकारसमेत रहेका गुरुङ भारतको हरियाणास्थित मेदान्त अस्पतालमा सफल उपचारपछि बुधबार दिउँसो नेपाल फर्किएका हुन् ।

झण्डै दुई महिनाअघि खाना नलीमा समस्या आएपछि उपचारका लागि गुरुङलाई मेदान्त अस्पताल लगिएको थियो । उनको आन्द्राको तल्लो भागमा ट्युमर र नशा सम्बन्धी रोग ‘पार्किन्सन्स’ लागेको थियो । ट्युमरका कारण गुरुङलाई आन्द्रा साँघुरिएर खाना नजाने समस्या भएको थियो ।

मुखबाट खाना खाने स्थिति नभएपछि इन्डोस्कोपी गरी उनको खाना नलीमा अर्को कृतिम नली राखेर खाना खुवाइएको थियो । खाना खाने नलीको ट्युमरका कारण रेडियोथेरापी र किमोथेरापीबाट उनको उपचार गरिएको थियो । ‘अहिले धेरै सुधार आएको छ, दुइ महिनाअघि खाना खुवाउन जति समस्या थियो अहिले त्यस्तो छैन, सामान्य रुपमा खाना खुवाउने अवस्था छ ।’ गुरुङका छोरा राजुले भने ।

गुरुङलाई पार्किन्सनको पनि समस्या भएकोले गर्दा हिडडुलको समस्या छ । ७९ वर्षिय गुरुङको उमेरका कारण पनि आन्द्रा ट्युमरको सर्जरी गरिएको थिएन । नशा सम्बन्धी रोगका कारण हिड्न समस्या भएपछि गुरुङ ह्वीलचेयरमार्फत त्रिभुवन विमानस्थल झरेका थिए ।

गुरुङको स्वागतमा विमानस्थलमा राष्ट्रियगान गाएर उपस्थितहरुले सम्मान व्यक्त गरेका थिए । पत्रकारहरुसँग कुरा गर्दै गुरुङले सबैको शुभेच्छाले आफू स्वस्थ भएर स्वदेश फर्कनसकेको बताए ।

सरकारले वरिष्ठ संगीतकार गुरुङको उपचार खर्च ब्यहोर्ने यसअघि नै निर्णय गरिसकेको छ । नेपाल सांगीतिक क्षेत्रमा महासंगीतकारको उपमा पाएका गुरुङले हजार भन्दा बढी गीतको संयोजन तथा ७ सय गीतमा शब्द र स्वर दिएका छन् ।
Via :अशोक महर्जन/hamrodoctor.com

आगलागीबाट ४ लाख बराबरको धनमाल स्वाँह

पप्पु गुरुङ्, २८ चैत्र, दोधारा चाँदनी  । कञ्चनपुरको दोधारा चाँदनीमा टिनको छानो भएको एक गोठमा आगलागी हुदा ४ लाख बराबरको धनमाल स्वाँह भएको छ् । आगलागीबाट गोठमा बाधेको चौपाया समेत जलेर मृत्यु भएको प्रहरीले जनाएको छ् । आज अपरान्ह १२ बजे घरमा कोही नभएको अवस्थामा दोधारा चाँदनी नगरपालिका वडा नं. १०, गिरीटोल निवासी राम गिरीको गोठमा अचानक गोठमा आगलागी भई डिप बोरिङ्ग ईन्जिन जलेर नष्ट भएको छ भने, १ बाच्छी जलेर मृत्यु भएको छ, भने २ गोरु र एक गाई जलेर गम्भिर घाईते भएको छ् । गोठमा रहेको चिरान गरिएको काठ समेत जलेर नष्ट भएको परिवारजनले जनाएको छ् । घरमा सबै परिवार गहुँ काट्न गएको अवस्थामा अचानक गोठमा आगो लागेको परिवारजनले जनाएको छन् । गोठमा आगो लाग्दा करिब ४ लाख बराबरको क्षती भएको दोधारा बाबाथान प्रहरी चौकीले  जनाएको छ् ।

 

नेपालबिरुद्ध खेल्न नामिवियाको क्रिकेट टोली बैशाख २ गते आउने

काठमाडौं,चैत २३ । विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नामिबियाको टोली  बैशाख २ गते नेपाल आउने भएको छ । नेपालसँग अगामी बैशाख ४ र ६ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा सहभागि हुने नामिवियाको क्रिकेट टोली नेपाल आउन लागेको हो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको खेल तालिका अनुसार दुई खेलका लागि नामिवियाको टोली अप्रिल १४ (बैशाख २) मा नेपाल आइपुग्ने आइसीसीका एशिया डेभलपमेन्ट म्यानेजर बर्नापुरा बन्दुलाले जानकारी दिए ।

आईसीसीले यसअघि पपुवा न्यूगिनीसँगको खेल पनि नेपालमा गर्ने तय गरेको थियो । तर सुरक्षा, भौतिक संरचनाको सुधार लगायतका कारण देखाउँदै उक्त खेल यूएईमा खेलाइएको थियो । भूकम्पपछि भौतिक पूर्वाधार सुधारको सर्त राख्दै आइसीसीले नेपाललाई उक्त खेल आयोजनाको जिम्मा दिए पनि नेपालले समयभित्र पूर्वाधार सुधार गर्न नसक्दा उक्त अवसर गुमाएको थियो । 
। विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा नेपालले चार खेल खेलेको छ र सबै खेल गुमाएको छ । नेपालले पहिलो चरणमा स्कटल्याण्डसँग दुई खेल गुमाइसकेको छ । त्यस्तै पपुवा न्यूगिनीसँग पनि दुई खेल हारेको नेपाल अंकतालिकामा खाता खोल्न सकेको छैन् । घरेलु मैदानमा हुने खेलमा नेपालले च्याम्पयनसीपमा जितको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
सन् २०१५ देखि सुरु भएको प्रतियोगिता २०१७ सम्म चल्नेछ । यसबीचमा नेपाल लगायत ८ एशोसियट मुलुकका टोलीले होम एण्ड अवेको आधारमा १४ खेल खेल्नेछन् ।

लिम्बू, अनुरागी, पन्त र दर्शनधारीलाई पुरस्कार

२१ चैत, काठमाडौं ।
स्वरसम्राट् नारायणगोपालको स्मृतिमा राष्ट्रिय युवा सेवा कोषद्वारा २०४८ सालमा स्थापित ‘नारायणगोपाल युवा सङ्गीत’ पुरस्कार यस वर्षका लागि गायक तथा सङ्गीतकार दीपक लिम्बू र बिबी अनुरागीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

यसैगरी राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा कोषद्वारा २०५७ सालमा स्थापित ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि चित्रकारद्वय राजनकुमार पन्त र सौरगङ्गा दर्शनधारीलाई संयुक्त रुपमा प्रदान गरिने छ ।

 

विमान अपहरणकारीद्वारा आत्मसर्मपण

एजेन्सी,चैत १६ । इजिप्ट एयरको विमान अपहरणकारीले  आत्मसर्मपण गरेका छन् । बेलायती वेबसाइट मिररका अनुसार संकास्पद अपहरणकारीले हात उठाएर विमानबाट बाहिर आई आत्मसमर्पर्ण गरेका हुन् । साइप्रसको विदेश मन्त्रालयले विमान अपहरणकारी पक्राउ परेको घोषणा गरेको हो । उनको बारे थप बताइएको छैन । 

७३ सालमा सार्वजनिक बिदा घट्यो

२४ चैत, काठमाडौं ।
नयाँ वर्ष २०७३ सालमा केही चाड पर्व र दिवस शनिबार परेकाले सार्वजनिक विदाको संख्या घटेको छ ।

पर्व, दिवस, जात्रा, जयन्ती, दसै, तिहारका बिदा केही जुधेको र केही शनिबार परेकाले बिदा संख्या घटेको आजको राजधानी दैनिकमा समाचार छ ।

२०७३ सालमा शनिबारसहित १ सय २ वटा सार्वजनिक बिदा परेका छन् । शनिबार बाहेकका मुल ५१ दिन सार्वजनिक बिदा भएपति सवबै समुदायका लागि साझा बिदाका रुपमा ३० दिन मात्र बिदा परेको छ ।

तर, कतिपय चाड र दिवस पनि शनिबारै परेकाले बिदा घट्ने भएको नेपाल पञ्चांग निर्णयक समितका अध्यक्ष प्रा।डा रामचन्द्र गौतमले बताए ।

२०७३ मा सबैलाई मिल्ने सार्वजनिक बिदामा सात दिन त शनिबारै परेको छ । यो वर्ष ५२ ओटा शनिबार परेका छन् । यो वर्ष उपत्यकाको हकमा थप चार र महिलाका लागि थप तीनवटा बिदा रहेका छन् ।

सदस्यसचिव बिष्ट दुई युवतीसँग आपत्तिजनक अवस्थामा,मन्त्रीका अगाडि युवती नांगै

काठमाडौं,चैत २३ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट एमाले कोटाबाट  नियुक्त भएका हुन् । उनी एमाले सुनसरीका नेता समेत हुन् । अहिले युवा तथा खेलकुद मन्त्री पनि एमालेकै सत्यनारायण मण्डल छन् । एउटै पार्टीका भएकाले यी दुईबीचको सम्बन्ध निकै राम्रो हुनुपर्ने हो । तर मन्त्री र सदस्यसचिव सम्बन्ध भने निकै तिक्ततापूर्ण छ । सदस्य सचिव विष्टको कार्यशैलीबाट मन्त्री मण्डल चरम रुष्ट छन् । पछिल्लो समय घटेको एउटा रमाइलो घटनाले मन्त्री मण्डल र सदस्य सचिव विष्टबीचको सम्बन्ध झनै बिग्रिएको छ ।
 
कुरा पुरानै भएपनि अहिले आएर खुलेको छ । गत पुसको पहिलो साता मन्त्रीलाई लिएर सदस्य सचिव केशव विष्ट पोखरा गएका थिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यक्रममा दुवै जना पोखरा गएका थिए । क्षेत्रीय खेलकुद विकास समितिको स्वागत कार्यक्रमपछि दुवै जनालाई एउटै होटलमा राखेका थिए । होटलमा मन्त्री मण्डलले खेलकुद क्षेत्रको बारेमा बिष्टसँग छलफल गर्न खोजेका थिए । तर बिष्ट एक्कासी मोवाइल बन्द गरेर गायव भए । संयोग कस्तो भएछ भने मन्त्री मण्डल झुक्किएर बिष्ट बसेको कोठाको ढोका खोल्न पुगेछन् । जहाँ सदस्यसचिव बिष्ट दुई युवतीसँग आपत्तिजनक अवस्थामा थिए । तत्कालै मन्त्री मण्डलले उनलाई गाली गर्दै ढोकाबाटै फर्किए । यो कुरा मन्त्री मण्डलले कर्मचारीलाई सुनाए । बिष्टको हर्कतले आफू लज्जित भएको उनले बताएका थिए । 
 
स्रोतका अनुसार अहिले मन्त्री मण्डल र सदस्य सचिव बिष्टबीच बोलचाल छैन् । राखेपमा एक अर्व बजेट हुँदापनि केही काम नगरेको र पार्टीलाई बदनाम हुने काम मात्र गरेको भन्दै मन्त्री मण्डल बिष्टसँग रुष्ट छन् ।  विष्टलाई एमालेका तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नियुक्त गरेका थिए । जुन विषयमा सुरुमै विवाद भएको थियो । सोही प्रकरणका कारण मन्त्री पौडेलको पद नै गएको थियो । 
 
काम भन्दा बढी घुमघाम र मोजमस्तीमा रमाउने भएकाले बिष्टको कार्यशैलीप्रति एमालेकै खेलकुद संगठनका पदाधिकारीहरुले उनीविरुद्ध पार्टीमा उजुरी दिएको समाचार दृष्टि साप्ताहिकले छापेको छ । तर एमाले नेता माधव नेपालको साथ पाएका बिष्टले कसैलाई पनि टेर्ने गरेका छैनन् ।
 

नेपालको आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

१५ चैत, काठमाडौ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समृद्धिका लागि सहयोग गर्न दातृ निकायलाई आग्रह गरेका छन् । राष्ट्रिय योजना आयोग र एसियाली विकास बैंकले सोमबार काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले  राजनीतिक रुपमा नेपाल स्थायित्वको बाटोमा अग्रसर भएकाले अब दातृ निकायले नेपालको आर्थिक सम्बृद्धिका लागि सहयोग गर्नु पर्ने बताए ।  नेपालको आर्थिक सम्बृद्धिको आधार कृषि, पर्यटन र उर्जा भएको जानकारी गराए ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सन् दुई हजार तीससम्ममा नेपालको गरीबी एकोहोरो अंकमा झार्ने लक्ष्य पुरा हुने क्रममा रहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले दीर्घकालिन विकासका लागि आर्थिक क्षेत्रसँग सम्बन्धित सबै निकाय सहकार्य गरेर योजनावद्ध तरिकाले अघि बढ्नेपर्नेमा जोड दिए ।

कार्यक्रममा एसियाली विकास बैँकका उपाध्यक्ष वेनकाइ झाङले दीर्घकालिन विकासका लागि सामाजिक र राजनीतिक स्थिरता आवश्यक रहेको बताए । उनले नेपालको विकासका लागि एसियाली विकास बैंक साझेदार बन्न तयार रहेको बताए ।

इन्धन भाउ घटाउन निगम अटेरी

काठमाडौं,चैत २९ । इन्धनमा स्वचालित मूल्य प्रणाली लागू घोषणा गरेको नेपाल आयल निगमले पछिल्लो समय त्यसलाई कार्यान्वयनमा ल्याउन आनाकानी गरिरहेको छ । इनिडनय आयल कर्पोरेसन हरेक १५ दिनमा पठाउने मूल्यका आधारमा भाउ तोक्न थाले पन अिहिले आएर त्यसअनुसार समायोजन नगरेको आजको नागरिक दैनिकले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिपाद कार्यालय, संसदको वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले मूल्य घटाउन दिएको निर्दैशनसमेत निगमले अटेरी गर्दै आएको छ ।

नेपालभन्दा भारतमा डिजेल र पेट्रोलको भाउ महँगो भएकाले यताबाट चोरिनिकासी भई फेरि उतै जान सक्ने जोखिम रहेकाले मूल्य समायोजन नगरिएको निगमको तर्क छ ।

भारतीय सीमाक्षेत्र रक्सोलमा भन्दा नेपालमा डिजल प्रतिलिटर १० रुपैया र पेट्रोल प्रतिलिटर ६ रुपैयाँ सस्तो रहेको नियमका प्रवक्ताा मुकुृन्द घिमिरेले बताए ।

 

काग्रेस मेरो नेतृत्वको सरकारमा आउने बाहेक अर्को विकल्प अहिले देखिदैन : प्रधानमन्त्री

काठमाडौ, चैत १७  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काग्रेससँग आफू नेतृत्वको सरकारमा आउने मात्रै उपयूक्त बाटो भएको दावी गरेका छन ।  रिपोर्टर्स क्लब नेपालको १८ औं बार्षिक उत्सव, चौथौ महाधिवेशन एवम पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै उनले भने,‘ काग्रेससँग म नेतृत्वको सरकारमा आउने मात्रै बाटो उपयूक्त हो । दुई विकल्प भए पनि क्लबका अध्यक्ष ऋषि धमलाले भने जस्तो काग्रेस यही सरकारमा आउने विकल्प उत्कृष्ट हो ।:

त्यो बाहेक अर्को विकल्प अहिले देखिदैन ।’ क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको समारोहमा प्रधानमन्त्रीले काग्रेसलाई ईमान जमानमा रहन सुझाव दिदै विगतमा भएको सहमति तोड्ने जस्तो गल्ती सच्याउनु पर्नेमा जोड दिए ।
उनले आफूलाई प्रधानमन्त्रीको कुर्सि बस्नकोलागि नचाहिएको स्पष्ट पार्दै भने,‘ मलाई प्रधानमन्त्रीको कुर्सि भारतसँगको सम्बन्ध सच्याउन र चीनसँगको सम्बन्ध नयाँ उचाईमा पुर्याउन चाहिएको थियो । त्यो काम मैले गरेको छु ।’
प्रधानमन्त्रीले मुलुकको काम गर्ने संयन्त्र भोली गर्छौ भन्ने खाल्को अल्छि रहेको भन्दै आजैबाट गर्ने सुरु गर्ने गरी आफू अघि बढ्ने र फाईल घुमाएर अल्झ्याउने परिपार्टीको अन्त्य गर्नु पर्ने धारणा राखे ।
उनले दुध खान गाई नै पाल्नु पर्ने भनाईसहित मधेसीहरुप्रति लक्षित गर्दै नारा जुलस गरेर दुध खान नपाईने स्मरण गराए । उनले भने,‘ भावावेशमा होईन अब देश विकासमा अघि बढ्नु पर्छ ।’
प्रधानमन्त्रीले नेपाल भारतको विरुद्ध हुनै नसक्ने बरु भरपर्दो मित्र भएको उल्लेख गर्दै नेपालले भारतको कहिल्यै पनि अहित नचिताउने स्पष्ट पारे ।
उनले भने,‘ भारत नेपालको बहुआयामिक र ईतिहास भन्दा अघि देखिको मित्र देश हो । केही असमझदारीहरु थिए । अहिले समाप्त भईसकेको छ । हामी दुबै छिमेकीसँग आत्मीय मैत्री सम्बन्ध राख्छौ । हामी नेपालको हितमा काम गर्छौ, कसैको अहितमा होईन । ’
प्रधानमन्त्रीले नेपालका राजनीतिक दल र संविधानसभाले संविधान बन्न नदिने प्रयासलाई अस्विकार गरेर स्थीती बुझी संविधान बनाएको उल्लेख गर्दै  संविधान बनेसँगै राजनीतिक र समानताको आन्दोलन सकिएकोले अब आर्थिक समृद्धिमा जाने एक मात्रै बाटो रहेको बताए ।
उनले विभेद हटाउन सकिने तर करोडपति र सडकमा मानिस हुँदा सम्म समानता हुन नसक्ने भन्दै अब समानता कसरी हुन्छ भन्नेमा अघि बढ्नु पर्ने बताए ।
प्रधानमन्त्रीले ९२ प्रतिसतले संविधान बनाए तर मैले भनेको मानेनन् भनेको कुरा आफूले नबुझेको उल्लेख गर्दै यति ठूलो प्रक्रियाबाट बनाएको संविधानलाई रातारात र सुटुक्क बनाएको भनि गरेको तर्क आफूले बुझ्न नसकेको तर्क गरे ।
मधेसवादी दलहरुप्रति लक्षित गरेर प्रधानमन्त्रीले भने,‘ केही मानिसहरु धु्रविकरणको कल्पना गरिरहेका छन । पहाडे, मधेसी, हिमाली भनेर झ्याली बजाउने प्रयासमा लागेका छन । जातजाति, भाष, भाषी नेपालको सुन्दरता हो उनीहरु जात थर र भुगोलको विचमा कलह उत्पन्न गर्न खोजिरहेका छन । यो सफल हुँदैन । नेपालमा अब झ्याम्टा बज्दैन । जनताका अधिकारहरु संस्थागत भईसके ।’
उनले दुई वर्षभित्र केरुङ र काठमाडौ सडक दुई लेनको बनाउन बैशाखमा छोटोबाटोबाट टेण्डर गरेर अघि बढाउने, काठमाडौ र पोखराको सडक यस्तो बनाउने कि यो सडक हो भन्ने होस भान हुने दावी गरे ।
प्रधानमन्त्रीले रिपोर्टर्स क्लब नेपालले पहिलादेखि नै राम्रो काम गर्दै आएको र अब पनि अझै राम्रो काम गरोस भन्ने सुभकामना दिदै क्लबका अध्यक्ष ऋषि धमला जसलाई मन नपरे पनि मनपराउन सक्ने क्षमता भएका पत्रकार भएको बताए । उनले भने,‘ चीतवनमा मेरो लामो कार्यक्रम थियो तर धमलाको आर्कषणले हेलिकप्टर पनि तानेर छिटो काठमाडौ ल्याईदियो ।’
ब्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तिले संविधान जारी भएपछि पनि असन्तुष्टीहरु ब्यक्त भईरहेकाले अब बार्ता र संबादको बाटोबाट समाधान गरेर अघि बढ्नु पर्ने भन्दै सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको दावी गरिन ।
उनले भनिन,‘ असन्तुष्टी समाधानको बाटो बार्ता र संबाद नै हो । यसलाई समाधान गरेर मुलुक अब समृद्धिमा जानुको विकल्प छैन ।’
सभामुखले संविधान नेपालको विकासकोलागि आधारभुत दस्तावेज भएको भन्दै अब यसको सफल कार्यान्वयन गरेर समृद्धिकोलागि सिंगो देश एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।
उनले रिपोर्टर्स क्लब नेपाल र यसका अध्यक्ष ऋषि धमलाको विशेषता भनेकै जनताले जान्न चाहेको सूचना लिने र दिने भएको भन्दै त्यसमा अझै दृढताका साथ अघि बढ्न आग्रह गरिन ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा बार्ता र संबादबाट समाधान हुन नसक्ने कुनै समस्या नभएको भन्दै समाजमा रहेका समस्या बार्ताबाटै समाधान भएर जाने विश्वास ब्यक्त गरे ।
उनले बार्ताकोलागि असन्तुष्ट दलहरुलाई आउन आब्हान गर्दै भने,‘ सीमांकन मिलाउन बार्ता गर्न म तयार छु । अब झगडा गरेर मात्रै हुँदैन ।’
उनले रिपोर्टर्स क्लब नेपालले लोकतन्त्रकोलागि स्थापना कालदेखि नै काम गर्दै आएको भन्दै अझै पनि जनताको पक्षमा विचलित नभई काम गर्न सुझाव दिए ।
नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको सबै समस्या संविधान बमोजिम समाधान गरी राजनीतिक क्रान्ति समाप्त गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जानु पर्ने भन्दै संविधान अनुसार अब एउटा पार्टीले बहुमत ल्याएर शासन गर्ने युग समाप्त भएकोले अब राजनीतिक दलहरुले कोलिसन सरकार गठनको सस्कृतिको विकास गर्नु पर्ने आवश्यकता औल्याए ।
उनले लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन क्लबले सकारात्मक र महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अब संविधान कार्यान्वयनमा पनि क्लबले त्यस्तो भूमिका खुेल्नु पर्ने सुझावदिए ।
नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको अपुर्णता पुरा गरेर भुकम्प र नाकाबन्दीबाट थिल्थिलो पारेको मुलुकलाई आर्थिक विकासको बाटोमा लानु पर्ने आवश्यकता औल्याउँदै अब कसैले पनि गुट उपगुटमा लागेर यसमा अवरोध गर्न नहुने तर्क गरे ।
उनले नेपालमा आफूहरुकै कालमा देश समृद्ध हुने विश्वास ब्यक्त गर्दै अब आर्थिक समृद्धि सिंगो देशको एजेण्डा बन्नु पर्नेमा जोड दिए ।
उनले नयाँ शक्ति मुलुकमा बैकल्पिक धार निर्माण गरेर राजनीतिक विकल्प दिन खडा भएको समेत स्पष्ट पारे ।
भट्टराईले संविधान जारी गर्न खेले जस्तै यसको सकारात्म विकास गर्न भूमिका खेल्न सकोस भन्ने कामना समेत ब्यक्त गरे ।
पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले संविधान जारी भएपछि पनि जनताको किन असन्तुष्टी देखिएको हो भन्ने विषयको  समिक्षा गर्नु पर्ने आवश्यकता औल्याउँदै मुलुकमा राजनीतिक परिवर्तन भए पनि अब विचारमा परिवर्तनको आवश्यकता औल्याए ।
उनले विचार परिवर्तनको लागि रिपोर्टर्स क्लब नेपालको भूमिका महत्वपूर्ण हुने भन्दै क्लब नभएको भए जनताले सत्य सूचना पाउन बाट बञ्चित हुनु पर्ने अवस्था आउने स्थिति उत्पन्न हुन सक्ने बताए ।
ब्यवस्थापिका संसदका पूर्व सभामुख सुवास चन्द्र नेम्वाङले संविधान जारी भएसँगै एउटा चुनौति समाप्त भएपनि कार्यान्वयनको अर्को चुनौति आएको भन्दै संविधान कार्यान्वयनको चुनौति पार गर्न सबै एकताबद्ध भएर एक ठाँउमा उभिनु पर्ने आवश्यकता औल्याए ।
उनले भने,‘ यो संविधान जनताका प्रतिनिधिले जारी गरेको हो । अब अर्को जारी गर्ने यो भन्दा उपयूक्त थलो छैन । अहिले पनि कहि विभेद छ भने छलफल गर्न सकिन्छ ।’
यो संविधान अनुसार भएको प्रधानमन्त्री निर्वाचनमा सहभागि भएकाले अब संविधान अस्विकार्य छ भनेर भन्न नमिल्ने भन्दै असन्तुष्टी भए त्यसलाई संविधान संसोधनमार्फत संबोधन गर्दै जानु पर्नेमा जोड दिए ।
नेम्वाङले भने, सबै दलको सबै कुरा पुरा संविधानले गरेको छैन । भारतमा १२२ पटक संसोधन गर्दा त समस्या विद्यमान छ भने हामीले त भर्खरै संविधान बनाएका छौ । न्यायपूर्ण जायजमाग छलफल गरेर संसोधन गर्दै जान हामी तयार छौ ।’
क्लब र अध्यक्ष ऋषि धमलाले सबैलाई सबैलाई एक ठाँउमा उभ्याएर समस्या समाधानमा सकारात्मक दवाव दिन भूमिका खेलोस भन्ने कामना गर्दै धमलाको सक्रियताको निरन्तरताको कामना ब्यक्त गरे ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले द्धन्दकालिन मुद्दा नियमित तरिकाले ब्यूत्याएर देशमा दिगो शान्ति हुन नसक्ने दावी गर्दै भने,‘माओवादी नेताका टाउको मुद्दा राखेर शान्ति हुँदैन ।
उनले संसदबादी हिसावले संविधान ठिकै भएको र केही सकारात्मक पक्ष समेत रहेको भन्दै उत्पीडित समूदायको सवालमा अपेक्षा गरे अनुसारको विषय नसमेटिएको दावी गरे ।
उनले राज्य सञ्चालनमा बसेकाहरुले क्लबका अध्यक्ष ऋषि धमलाको सक्रियताबाट सिके देश र जनताको पक्षमा काम गर्न सकिने तर्फ ध्यान आर्कषित गरे ।
 संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैलाई प्रधानमन्त्री, राष्ट्रपति बन्न र कसैलाई सरकारमा पुर्याउन हतार हतार फाष्टट्रयाकबाट संविधान जारी गरेको दावी गर्दै यो संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेकोले आफूहरुलाई स्विकार्य नभएको स्पष्ट पारे ।
उनले समाजमा ब्याप्त विभेद संबोधन नगरुन्जेलसम्म मुलुकमा शान्ति, स्थायीत्व र समृद्धि हुन नसक्ने दावी गर्दै आफ्नै जनतालाई  विखण्डनकारी भन्दा मुलुकमा शान्ति हुन नसक्ने बताए ।
यादवले राजनीतिक समस्याको समाधान राजनीतिक तवरले खोज्न आग्रह गर्दै नेपालमा उत्कृष्ट भनिएका संविधान आर्यघाटमा सेलाईसकेकोले यसबाट सतबुद्धी लिन सुझाव दिए ।
उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आठ वर्ष लगाएर ल्याएको संविधानलाई हतारमा ल्याएको भन्नु र ९० प्रतिसत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधानमा अपनत्व छैन भन्नुु मुलुक संविधान अनुसार अघि बढे समाजवाद आउला कि भन्ने डरको उपज भएको भन्दै आफै अघोषित नाकाबन्दी गरेर सरकारले कालोबजारी गर्यो भन्नुको तुक नभएको तर्क गरे ।
उनले संविधानले विभेद हुन नसक्ने कुरा गरेकोले यसलाई लागु गर्न नदिनेले जनतालाई अधिकारबाट बञ्चित गर्ने दावी गर्दै कुनै जायज समस्या भए त्यसलाई समाधान गर्न सरकार बार्ताकोलागि तयार रहेको स्पष्ट पारे ।
उपप्रधान तथा गरिबी निवारण एवम सहकारी मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानमा धेरै तिरबाट हमला भईरहेकोले यसलाई कार्यान्वयन गर्न सबै एक भएर लानु पर्ने आवश्यकता औल्याउँदै राज्यको पुर्नसंरचनाको नाममा अझै पनि राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा संकत रहेको दावी गरे ।
उनले देशको अखण्डता जोगाएर मात्रै आर्थिक समृद्धि हुने भन्दै यस्ता अन्तर्राष्ट्रिय खेलका विरुद्ध सचेत हुनु पर्ने आवश्यकता औल्याए ।
केसीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्लबले खेलेको भूमिको प्रसंसा गर्दै  क्लबका अध्यक्ष ऋषि धमलाको सक्रियताबाट सबैले सिक्नु पर्ने धारणा राखे ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रले आफ्नो मिसन पुरा गरेकोले अब त्यसलाई पूर्ण दिन सबैसँग छलफल गरेर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । उनले सधै आफ्नो मिसनमा लाग्ने ऋषि धमलाबाट सबैले सिक्नु पर्ने भन्दै संविधान कार्यान्वयनमा क्लबको भूमिकाको आवश्यकतामा जोड दिए ।
खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले लोकतन्त्र, संघीयता, समाजिक न्याय र संविधानसभाबाट संविधान जारी गर्न क्लबले सकारात्मक भूमिका खेलेको भन्दै अब संविधानको कार्यान्वयन गरेर मलुकलाई समृद्धिमा लान समेत क्लबको भूमिको आवश्यकता औल्याए ।
विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा संविधान जारी भएपछि विकास र शान्तिको सदिक्षा विपरित काम भएको भन्दै क्लबलाई संविधानको कार्यान्वयनमा भूमिका खेल्न आग्रह गरे ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाडले एक्लैले कसैले पनि मुलुक हाक्न नसक्ने ठोकुवा गर्दै  संविधान कार्यान्वयनकोलागि दुई तिहाई बहुमत आवश्यक पर्ने भएकोले सबैले सहमतिको साथ अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले संविधान जारी गर्नु भन्दा कार्यान्वयन गर्नु ठूलो कुरा भएको भन्दै संविधानमा केही राम्रा पक्ष भएपनि थरुहट मधेसले नमानेकोले यो संविधान उत्कृष्ट हुनै नसक्ने ठोकुवा गरिन ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले ९० प्रतिसत जनताले अनुमोदित गर्दैमा संविधान जनअनुमोदिन नहुने भन्दै  मधेसको माग अनुसार संविधान स्विकार्य गरेर सबैलाई स्विकार्य हुने संविधान बनाउनु पर्ने धारणा राखे ।
क्ल्बका अध्यक्ष ऋषि धमलाले मुलुक बनाउन सबै दलहरु सरकारमा जानु पर्ने आवश्यकता औल्याउँदै असन्तुष्ट मधेससँग तत्काल संबादको प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उनले निरकुंश शासनको विरुद्धमा लगेको क्लब संविधान कार्यान्वयनमा पनि दत्तचित्त भएर लाग्ने धारणा राख्दै क्लबलाई सबैको साझा मञ्चको रुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
धमलाले राष्ट्रियताको विषयमा क्लबले कसैसँगपनि सम्झौता नगर्ने स्पष्ट पार्दै क्लब सधै नेपाली जनताको अधिकारको रक्षा र मुलुकको समृद्धिको यात्रामा सहकार्य गर्दै अघि बढ्ने बताए ।

 

 

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web