अनुसन्धान भन्छ-‘नियमीत यौन सम्पर्क गरे यस्ता रोग लाग्दैन’

नियमित यौन सम्पर्क 'सम्भोग' गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् ।

हालै टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा मृगौला 'किड्नी'मा ५–६ मिलिमिटरको पथ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो ।

इन्स्च्यिुटको यूरोलोजी विभागमा ७५ जना ९जसमा मृगौलामा पथ्थरीको समस्या थियो० लाई तीन अलग अलग टिममा बाडेर ३१ जनालाई हप्तामा तीन देखि चारपटक सम्भोग गर्न लगाइएको थियो ।

दोस्रो टिममा २१ जनालाई थम्सुलोसिन 'एउटा औषधि जो मूत्र विसर्जन अर्थात पिशाब बढाउनका लागि दिइन्छ' प्रयोग गर्न लगाइयो । जबकी २३ जनाको तेस्रो टीमलाई योग्य चिकित्सा उपचारमा राखियो ।

दुई हप्तापछि पत्ता लाग्यो कि सेक्स 'सम्भोग' गर्न लगाइएको टिमका ३१ जनामध्ये २६ जनाले पथ्थरीबाट छुटकारा पाए ।

त्यसैगरी औषधि प्रयोग गर्ने २१ जनाको दोस्रो टिमबाट १० जनाको मात्रै पथ्थरी ठिक भयो । जबकी खास चिकित्सा उपचारमा राखिएका २३ जनामध्ये ८ जनाले मात्रै पथ्थरीबाट राहत पाए ।

एक पुरुषमाथि १० महिलाद्धारा सामुहिक बलात्कार

एजेन्सी ।
समाचारको शिर्षक हेरेर नझुक्किनुहोला । महिला हैन यो पुरुष बलात्कारको घटना हो त्यो पनि सामुहिक ।

तपाईले महिलाको बलात्कार भएको र धेरै पुरुषहरुले एकै महिलाको सामूहिक बलात्कार गरेको त धेरै सुन्नुभएको होला । तर, महिलाले पुरुषको बलात्कार गरेको सायदै सुन्नु भएको होला र सुन्दा तपाई अचम्म लाग्न सक्छ । तर, अष्ट्रेलियाका एक युवकलाई १० जना युवतीले मिलेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

यो घटना अहिले संसारभर भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार युवक हरेक विहान घरनजिकै मर्निक वाकमा जान्थे । यसैक्रममा एक विहान उनी मर्निक वाकमा गइरहेका थिए । त्यहीबेला उनको घाटी चक्कु लगाउँदै युवतीहरुको समूहले उनलाई उठाएर लगे ।

एकान्त ठाउँमा पुर्याएर सबै युवतीहरुले उनसँग एक एक गरी बलात्कार गरे । यो क्रममा सबैले उनलाई मार्ने धम्की दिइरहेका थिए । युवतीको धम्कीले डराएका युवक बलात्कार भइसकेको केही समयपछि त्यहाँबाट भाग्न सफल भए । र स्थानीय प्रहरी कार्यालयमा बलात्कारको उजुरी दर्ता गराए ।

युवकले पुलिसलाई बताएका छन् कि त्यो दिन घरबाट निस्किएका उनलाई अचानक बाटोमै युवतीहरुले घेरा हालेर जबरजस्ती गर्दै उठाएर लगे ।यता प्रहरीले युवतीहरुविरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार विभिन्न ठाउँहरुमा छापा हान्दै उनीहरुलाई खोजिरहेको छ । स्थानीय प्रहरीले चाँडै नै युवतीहरुलाई कानुनको कठघरामा उभ्याइने जनाएको छ ।

रारा तालको पानीको सतह डेढ मिटर घट्यो

२६ जेठ, मुगु ।
नेपालकै ठूलो ताल रारामा पानीको सतह घट्दै जान थालेको छ ।

पानी नपरी लगातारको सुख्खा खडेरीका कारण तालमा मिसिने ससाना खोला तथा खोल्साहरु सुक्दै गएपछि करिव डेढ मिटर पानीको सतह घटेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी लक्ष्मी नारायण शाहले जानकारी गराउनु भयो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भए कसैलाई छोड्दैनौं-रवीन्द्र अधिकारी

२६ जेठ, काठमाडौं ।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भएको पाइए जुनसुकै राजनीतिक दलका नेता र सांसद भए पनि नछोड्ने बताएका छन् ।

व्यवस्थापिका–संसद् मातहतको उक्त समितिको आजको बैठकमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको प्रभावकारिताका विषयमा भएको छलफलपछि सभापति अधिकारीले कसैले पनि बजेटको दुरुपयोग गर्ने नियतले काम गरेको भेटिएमा कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिए ।

एक दुई जनाबाट भएको कमीकमजोरी र दोषको भागिदार सबै सांसद हुनुपर्ने अवस्थाको अन्त्य गर्न सुझाव दिँदै आफूले काम बिगार्ने, दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अनि अरुलाई दोष दिएर उम्कन खोज्ने प्रवृत्ति हटाउनुपर्ने अधिकारीको भनाई छ ।

यसअघि बैठकमा सांसद तथा समिति सदस्यहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट अरु आयोजनाको लागत मूल्यको तुलनामा तीनगुना सस्तोमा गुणस्तरीय काम भएको जिकिर गर्दै एकाध घटनाबाहेक उक्त कार्यक्रमको बजेट अत्यन्तै प्रभावकारी रुपमा सदुपयोग भइरहेको धारणा राखेका थिए ।

व्यापारी केडियाको अपहरणमा नेविसंघ केन्द्रीय सदस्य, अब काँग्रेसले के गर्छ ?

२६ जेठ, काठमाडौं ।
ब्यापारी सुरेश केडियाको अपहरण लगत्तै संसदमा समेत अपहरणकारीमाथि कारवाही माग गर्दै विज्ञप्ति समेत निकाल्न भ्याएको नेपाली काँग्रेसकै एक युवा नेता केडियाको अपहरणमा संलग्न भएको पाइएको छ ।

केडीयाको अपहरणमा नेपालबाट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य वीरेन्द्र यादवसहित ५ जनाले सहयोग गरेको बारा प्रहरीले सार्वजनिक गरेको छ ।
स्मरणीय छ केडियोको अपहरण भारतको बख्तर जेलमा रहेका बब्बु दुवेले गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी यादवसहित चंचल पाण्डे, पुष्कर सिंह चधौर, जियालाल यादव र ब्रम्हपुरीलाई सार्वजनिक गरिएको डिएसपी विनोद शर्माले जानकारी दिए ।

दुबेकै योजनामा केडियाको अपहरण भएको उनले बताए। १ महिनाअघि दुवेसँग वीरेन्द्र यादवको जेलमा नै भेट भएको र दुवेको योजनामा अपहरण भएको उनले सुनाए। दुवेको केडियाको अपहरण गर्न नेपाल तर्फ यादवलाए खटाएको अनुसन्धानबाट खुल्न आएको उनले बताए।

अपहरणमा संलग्न ४ जना भारतीय नागरिक भने भारतमा नै पक्राउ परिसकेका छन्।

केडियाको अपहरण हुने केहिदिनदेखि उनीहरुले रेकी गरेका थिए।  केडियाको यही जेठ १३ गते साँझ अपहरण भएको भएको थियो । अपहरणपछि भारत पुर्याइएका केडियालाई प्रहरीले मोतिहारीबाट मुक्त गराएको थियो । केडिया अपहरण गर्ने क्रममा उनका चालक उमेश साहमाथि गोली प्रहार भएको थियो ।

अपहरण लगत्तै कारवाही माग गर्ने काँग्रेसले अब आफ्नै कार्यकर्तालाई के कारवाही गर्छ त्यो भने हेर्न बाँकी छ ।

जेठ २५ गते/मेरी बास्सै

जेठ २५ गतेको मेरी बास्सै हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रेम -राई अनू पृथक

नछोईकन तिमीले
म निथ्रुक्क भिज्छु
नहेरीकन तिमीले
अाँखा जुधाई रहन्छु
महशुस गरिरहन्छु
पल पल हरपल
हेरि रहन मन पराउंछु
लाग्छ
यी अाँखा हटाउंदै नहटाऊं
तिम्रो निलो शरीर
सेताम्मे कपाल
कालो अनुहार
टिलपिलटिलपिल
अाँखा र
नाक जस्तै नाकको अाकृति
मुहार जस्तै मुहारको नक्शा
सर्लक्क पाउंछु
जब,
जब
म
तिमीलाई हेरेर महशुस गर्छु नि
यस्तो लाग्छ सबथोक तिमी हौ मेरो
अरु कुराको यादै हुन्न
तिमीलाई हेर्न थालेपछि
अाफैलाई भुल्दछु
अनि
अाफ्ना हरेक पिडाहरु
जो म कसैलाई सुनाउन सक्दिन
तिमीलाई हेरे पछि
छिनभरमै छु मन्तर हुन्छ
के जादु छ तिमीसँग म जान्दिन
यत्ति जान्दछु
तिमीलाई
खुब माया गर्छु
नछोईकन्
नभेटीकन्
दुररररररर बाटै
भए नि मेरो प्रेम कैले घट्ने छैन्
म कसम खान्छु
प्रिय
निलो अाकाश
र
सेता
बादलहरू

कबिता-‘बिचार कम्पन’ : दिपा पुन राई

हराएको मान्छे
बिरानो शहरमा
भोकले बेच्यो
अभावले बिके
जिम्मेवारिले हड्ताल गर्दा
कर्तव्यले अनसन बस्दा
कठालो समातेर
रात र दिनले
नत्थी लाएर
जोताउँछ यहाँ

रहरहरु भने
हत्केलामा बालुवा फुत्के जस्तो
फुत्कन्छ बराबर
उभिन्छ बिरोधमा
नारा लाउँछ सिमलको भुवा सरि
आकाश पाताल कता हो कता
वर पीपलको जरा हू भन्छ
काँडामा गुलाब फुलेकै छु
हिलोमा कमल फक्रेकै छु
चट्टानको कापमा सुनगाभा भएर
तिम्रो मनमा फुलेको छुइन र
बेस्मारी निहू खोज्छ

म भने यस बेला
देश बहादुरलाई सम्झन्छु
दोष बहादुरलाई सम्झन्छु
अझ सम्झन्छु नागरिकको आशुहरु
कोशी कर्णाली र गण्डकी भएको
हरियो चारकोशे झाडी सकिएको
बामे सर्न नपाई मरेका योजनाहरु
भबिस्य उपल्लो सिमाना बजारमा
त्यो भन्दा पारी पट्टि कतै
नाङ्लोमा बिक्छ खुद्रे समान भएर
किन करले नत्थी लाउँदैन
किन रहरले नत्थी लाउँदैन ?

‘म त तिम्रै हुँ’ के प्रेमलाइ उमेरले छेक्छ ?

मोस्ट डिमान्डेड र भ्यालुयबल हिरो अनमोल केसी निर्माता रहेको फिल्म म त तिम्रै हुँ को अफिसियल ट्रेलर आउट गरिएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको ट्रेलरसँगै एक गीत र अडियो एल्बम सार्वजनिक गरेको हो ।

फिल्म अनमोल क्रियशनको प्रस्तुतिमा उनकै आमा तथा अभिनेत्री सुस्मिता केसीले निर्माण गरेकी हुन ।

फिल्ममा नव नायक आकाश श्रेष्ठ, नवनायिका ज्योत्सना योगी लगायत बिजय लामा, सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का आदिको अभिनय रहेको छ । फिल्ममा सुवास थापाको पनि लगानी रहेको छ ।

नवनिर्देशक श्रीराम महत फिल्मका निर्देशक हुन । फिल्म साउन ७ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ ।

आकाश बाट झरेकि अप्सरा

चलचित्र किस्मत २ को अडियो गित सार्वजनिक गरिएको छ ।

असोज २१ गतेबाट रिलिज हुने भनिएको चलचित्र किस्मत २ ले गित सार्वजनिक गरेर बिस्तारै आफ्नो पव्लिसिटि आरम्भ गरेको हो ।

चलचित्रको सार्वजनिक गितमा उदित नारायण झाको आवाज रहेको छ भने संगित अर्जुन पोखरेलले दिएका छन् । शव्द अमृत रेग्मीले लेखेका हुन् ।

छबिराज प्रोडक्सनको व्यानरमा ऋषि लामिछानेको निर्देशनमा तयार यस चलचित्रमा शिल्पा पोखरेल , किशोर खतिवडा , पृथ्वीराज प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ ।

‘०७४ माघसम्म केपी ओली नै प्रधानमन्त्री, अरुले आश नगरेपनि हुन्छ’: सचिव ज्ञवाली

प्रचण्ड फेरि आए विचार गर्छौं: नेता रिजाल

काठमाडौं,जेठ २६ ।  । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले ०७४ माघसम्म केपी ओली नेतृत्वको सरकार रहने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भने,‘संविधानको कार्यान्वयन गर्नपनि काँग्रेस लगायत सरकार बाहिर रहेका दलहरु अहिलेकै सरकारमा सहभागी हुनुपर्छ ।’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतीय सरकारको नेतृत्व नगर्ने स्पष्ट पारिसकेकोले अब सरकार परिवर्तनको च्याप्टर नै बन्द भएको उनको भनाई थियो ।

साक्षात्कारमा नेता ज्ञवालीले भने,‘सरकार परिवर्तनका हल्लाहरु बजारमा नचलेका होईनन्, तर अब प्रचण्डले नै म प्रधानमन्त्री बन्दिन् भनेपछि, केपी ओली नेतृत्वको सरकार संसदको चुनाव गराएर मात्रै विदा हुन्छ ।’

उनले संविधान जारी भएपछि मुलुक विशिष्ट किसिमको राजनीतिक अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै संघीय गणतन्त्रात्मक राज्य व्यवस्था अनुरुप अघि बढ्न धेरै कामहरु गर्न बाँकी रहेकोले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको स्पष्ट पारे । उनले भने,‘संविधानको कार्यान्वयन भएन भने र ०७४ माघभित्रै चुनाव गर्न सकिएन भने अहिलेसम्मका सबै उपलब्धिहरु गुम्छन् ।’

आफूहरुले धेरैपटक सहमतिको सरकारमा आउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गरेको भएपनि काँग्रेसले नमानेको उनको गुनासो थियो । उनले भने,‘हामीले धेरैपटक काँग्रेसका लागि रातो कार्पेट विछ्याँयौ, तर उ आउन तयार भएन् ।’

काँग्रेस सभापति शेर बहादुर देउवाले सभापतिमा निर्वाचित भए लगत्तै आफू सरकारमा नजाने बरु बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उद्धघोष गरेपनि उनले त्यस्तो भूमिका निर्वाह नगरी सरकार गिराउने खेलमा लागेको उनको आरोप थियो । उनले भने,‘उहाँले अविश्वासको प्रस्ताव पेश गर्न सक्नुभएन्, बरु सरकार गिराउन प्रचण्डलाई उचाल्नुभयो, उहाँको झालझेले ईमेज देखियो ।’

उनले काँग्रेसलाई आफूले अघिल्लो पटक चालेको कदमले जनतामा फेस सेभिङ् गर्न गाह«ो भए संविधान कार्यान्वयनको लागि आफूहरु सहमतिको विशिष्ट मोडेल बनाएर अघि बढ्न समेत तयार रहेको खुलासा गरे ।

ज्ञवालीले संसदीय सुनुवाई समितिमा काँग्रेसले अनावश्यक बखेडा झिकेको समेत गुनासो पोखे । संविधानले निर्दिष्ट गरेको क्यालेण्डर अनुरुप नै प्रधानमन्त्रीले १५ सदस्यीय सुनुवाई समिति बनाएको उनको दाबी छ । उनले भने,‘केपी ओलीले संविधानलाई बेवास्ता गरेर १५ सदस्यीयलाई ७५ बनाउन मिल्छ र, यदि सिँगो संसदले चाहियो भन्छ भने नेकपा एमाले शीर निहु¥याएर त्यो मान्न तयार छ ।?’

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस केपी ओलीको नेतृत्वमा जानै नसक्ने ठोकुवा गरे । उनले भने,‘‘ओलीजी प्रधानमन्त्रीको उम्मेद्धवार बन्दाखेरी नै हामी उहाँ प्रधानमन्त्री बन्न योग्य हुनुहुन्न भनेर विपक्षमा खडा भएका थियौं, तर नतिजा हाम्रो पक्षमा आएन र अहिले हामी प्रतिपक्षीमा छौं ।’’

नेता रिजालले आफूहरु सरकार परिवर्तन गर्ने खेलमा नभएको समेत स्पष्ट पारे । यद्धपी उनले सरकार अल्पमतमा परेर विघटन भए आफूहरु सरकार बनाउने काममा लाग्ने बताए ।

प्रचण्डसहितको प्रचण्ड बहुमत बोकेको केपी ओली नेतृत्वको सरकारले रेल कुदाउने र पानीजहाज ल्याउने घोषणा गरेकोले आफूहरु अझै एक दुई महिना कुरेर त्यो हेर्ने पक्षमा रहेको उनको भनाई थियो ।

उनले प्रचण्डको नेतृत्वमा सरकार बनाउन आफूहरुले यसअघि पनि पहल नगरेको भन्दै यसपटक प्रचण्डले प्रस्ताव गरे उनीसँग बसेर मात्रै निर्णय लिने बताए । उनले भने,‘हामीलाई कुनै चासो छैन, तर प्रचण्डजी फेरि आउनुभयो भने हामी पहिला उहाँसँग बसेर राम्रोसँग छलफल गछौं ।’

नेता रिजालले प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले सिफारिश गरेको व्यक्तिको नाम फिर्ता लिएकोले सुनुवाई समिति बन्नमा ढिलाई भएको बताए । उनले भने,‘अघिल्लो सरकारले सिफारिश गरेका राम सिटौलाको नाम सुनवाई समिति नभएको भन्दै प्रधानमन्त्रीले नाम फिर्ता गरिदिनुभयो, तर उहाँले कुन सुनुवाई समितिको आधारमा न्यायधिश र राजदुतमा सिफारिश गर्नुभयो, उहाँको नियत यहीँ प्रष्ट हुन्छ ।’ उनले प्रधानमन्त्रीले दोहोरो चरित्र देखाएको समेत आरोप लगाए ।

सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले अहिलेको सरकारले आफ्ना पार्टीका कार्यकर्तालाई नियुक्त गर्ने काम गरेको भन्दै कडा आलोचना गरे ।

सह–अध्यक्ष कर्णले न्यायिक परिषद खाली भएको उल्लेख गर्दै वर्तमान सरकारले गरेको न्यायधिश र राजदुत सिफारिश प्रक्रिया नै विवादस्पद भएको टिप्पणी गरे । १५ सदस्यीय सुनुवाई समिति बनाएर ठूला दलले सिण्डीकेट खडा गरेको उनको गुनासो छ ।

उनले भने,‘१५ सदस्यीय समिति बनाउँदा साना पार्टीलाई पूर्ण रुपमा निश्तेज पारिएको छ, यो अमान्य कुरा हो।’ कर्णले सरकारले नाम सिफारिश गरेका न्यायधिश र राजदुत समावेशी र समानूपातिक नभएको समेत आरोप लगाए ।

उनले संघीय गठबन्धन अहिलेपनि आन्दोलनकै चरणमा रहेको उल्लेख गर्दै सरकारले आफूहरुले अघि सारेका जायज मागहरु सम्बोधन नगरे वार्तामा नबस्ने बताए । उनले भने,‘जब जब हामी आन्दोलनमा होमिन्छौं, अनि सरकारले वार्ताको नाटक मञ्चन गर्छ, यो हामीलाई स्विकार्य छैन् ।’

के भयो भने तपाईहरु वार्तामा बस्नुहुन्छ त ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेता कर्णले मधेश आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, मानव अधिकारको चरम उल्लंघन भएकोले त्यसको सत्यतथ्य छानविन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका मागहरु अघि तेर्साए ।

कर्णले काँग्रेस, एमाले र माओवादीले संयुक्त पहल नगरेसम्म वार्ताबाट ठोस समाधान नहुने समेत दाबी गरे । उनले भने,‘हामी वार्ता ईन्कार गर्दैनौं, तर खाली वार्ताको नाममा वार्ता मात्रै हुनुभएन, यसलाई सार्थक र परिणाममुखी बनाउनुपर्छ ।’

नयाँ शक्तिको शक्ति प्रदर्शनमा भाषण बढीमा २५ मिनेट, आसन ग्रहण, माला र ब्याच प्रतिवन्ध

काठमाडौं,जेठ २६ । नयाँ शक्ति नेपालले जेठ ३० गतेको रंगशालामा गर्न लागेको  पार्टी घोषणा तथा शक्ति प्रदर्शनको लागि नयाँ नियम बनाएको छ ।  पचासौं हजार सहभागी गराउने लक्ष्य सहित तय भएको कार्यक्रमा खादा लगाइदिने, ब्याच वितरण गर्ने काम नहुने जनाईएको छ ।  कार्यक्रममा नेता-कार्यकर्ताहरुले २५ मिनेटभन्दा बढी समय भाषण गर्न नपाउने भएका छन् ।

अरु पार्टीहरुभन्दा फरक देखाउन खोजेको नयाँ शक्तिले औपचारिक कार्यक्रमहरुमा अतिथिहरुलाई मञ्चमा आसन ग्रहण पनि नगराउने पनि जनाईएको छ ।  नयाँ  शक्तिले यसअघि राष्ट्रिय भेलामा ट्राफिक जाम नहुनेगरी र्‍याली व्यवस्थापन गर्ने पनि जनाएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web