आज असोज ३ गते, संविधान दिवस

अशोज ३, २०७८ मा प्रकाशित
Published at 2021-09-19

216 views

आज असोज ३ अर्थात् संविधान दिवस । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाउन लागिएको छ ।
सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजदेखि ६ वर्ष पूरा गरेर सातौ वर्षमा लागेको छ । २०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विभिन्न कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाउन नेपाल सरकारले अपिल गरेको छ । २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले नेपाली जनतासमक्ष नयाँ संविधान जारी भएको घोषणा गर्नुभएको थियो । नयाँ संबिधान जारी भएसगैँ २०७३ देखि मुलुक संघीय संरचनामा प्रवेश गरेर राजनीतिक परिवर्तन हुदै गएपनि जनताले प्राप्त उपलब्धिलाई शासन कार्यान्वयनको रुपमा भने महशुस गर्न पाएका छैनन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को अग्रसरतामा नयाँ संविधान जारी हुँदा तराई–मधेस केन्द्रित राजनीतिक दलले भने बहिष्कार गरेर असन्तुष्टि जनाएको थियो । ती दल प्रदेशको सीमांकनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएपनि अहिले भने यस मुद्धाप्रति मौन रहदै आएका छन् ।
नेपालमा नयाँ संविधान जारी भएसँगै तराई केन्द्रित राजनीतिक दलले चलाएको आन्दोलनको कारण नेपाली जनताले लामो समय भारतीय नाकाबन्दीको सामनासमेत गर्नुपरेको थियो । भारतसँगको नाकाकेन्द्रित आन्दोलन गरेपनि तीनै दल अहिले सरकारको समर्थक तथा सरकार सञ्चालनको हिस्सेदारीमा पुगेको छ ।
संविधान दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा संयोजक रहेको संविधान दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर मनाउने जनाएको छ । ‘राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔ - घरघरमा राष्ट्रिय झण्डा फहराऔ’ भन्ने नारा सहित देशभर नै संबिधान दिवस मनाउन लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.