आजदेखि सरकारी कोषको रकम खर्च गर्न नपाइने

भदौ ३१, २०७८ मा प्रकाशित
Published at 2021-09-16

104 views

काठमाडौ । गएमध्यरातिबाट सरकारले राज्य कोषमा रहेको कुनै पनि रकम खर्च गर्न नपाउने भएको छ । हिजो सम्म पारित भईसक्नु पर्ने बजेट एमालेको संसद अवरोधका कारण पास हुन नसकेपछि बजेट होलिडे शुरु भएको छ । अब सरकारी कार्यक्रम, कर्मचारीको तलब भत्ता सबै रोकिने छ ।

सरकारले बुधबारसम्म संंसदबाट गर्नुपर्ने प्रतिस्थापन बजेट पारित हुन नसक्दा कोभिडको खोप किन्ने प्रक्रिया सम्म धक्का लागेको छ । अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश बुधबारसम्म पारित गर्नुपर्ने दबाबमा सरकार रहे पनि संसदमा भएको अवरोधले बजेट पारित हुन सकेन ।

सत्ता र शक्तिको हानाथापले सरकारले खर्च गर्ने सबै बाटो बन्द भएको छ । बजेट होलिडेको अवस्थामा नियमित सरकारी खर्च खासगरी सञ्चित कोषबाट गरिने खर्च गर्न पाइँदैन । सन्चित कोषमा व्ययभार भएको रकम भने खर्च गर्न छूट छ ।

त्यो भनेको विदेशी ऋणको सावाँ र ब्याज, स्वदेशी ऋणको सावाँ र ब्याज, संवैधानिक निकायहरूको नियमित खर्च भुक्तानी हुन्छ । यसरी बजेट निस्क्रिय भएको अवस्थामा कर्मचारीले तलब नै पाउँदैनन् भने सबै प्रकारको भुक्तानी रोकिन्छ ।

संवैधानिक व्यवस्था अनुसार सरकारले जारी गरेको अध्यादेश ६० दिनभित्रै पारित गर्नुपर्ने हुन्छ । यदि त्यसो हुन नसकेको अवस्थामा पेश्की बजेट मार्फत निदान खोज्न सकिन्थ्यो । तर, सरकारले त्यो बाटो नखोजी नियमित प्रक्रियाबाटै बजेट ल्याउने भनेको छ ।

बजेट होलिडेको अवस्थामा विदेशमा रहेका नियोगहरूले पनि खर्च भुक्तानी गर्न मिल्दैन । यसको प्रत्यक्ष प्रभाव सामाजिक सुरक्षा भत्ता, विकासका काममा पनि परेको छ ।
सरकारको असक्षमता र प्रतिपक्षी दलको बजेट समेत पारित हुन नदिने गरी संसद अबरुद्ध गर्ने रबैया यो परिणामको मुख्य जिम्मेवार रहेको अर्थविदहरुको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.