आईपीएल क्रिकेटमा बेङ्ग्लोरले दिल्लीलाई सात विकेटले हरायो

अशोज २३, २०७८ मा प्रकाशित
Published at 2021-10-09

90 views

काठमाडौँ । आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ ।

हिजाे भएको रोमाञ्चक खेलमा दिल्लीले दिएको एक सय ६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायाे ।

अन्तिम बलमा पाँच रन चाहिएकोमा बेङ्ग्लोरका शिखर भरतले छक्का हानेर टिमलाई जिताए । भरत ७८ रनमा नटआउट रहे भने ग्लेन म्याक्सवेलले नटआउट ५१ रन बनाए ।

आईपीएलमा अब चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले पहिलो प्लेअफ खेल्नेछन् । बेङ्ग्लोर र कोलकाताले इलिमिनेटरमा खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.