अमेरिकामा फेरि बढ्यो कोरोना भाइरस

भदौ १५, २०७८ मा प्रकाशित
Published at 2021-08-31

112 views

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेको छ । सङ्क्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्या एक लाख पुगेको छ । यसअघि गएको जनवरीमा अस्पतालमा भर्ना हुनेको सङ्ख्या एक लाख थियो ।

अहिले अस्पतालका एक लाख ३ हजार १७ शय्या बिरामीले भरिएका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ । अमेरिकाको फ्लोरिडा र टेक्सासमा सङ्क्रमण धेरै देखिएको छ । गएको हप्ता फ्लोरिडामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पनि सबैभन्दा धेरै थियो ।

अमेरिकामा गएको २४ घण्टामा ८६ हजार भन्दा धेरैलाई सङ्क्रमण पाइएको छ । योसँगै अहिलेसम्म त्यहाँ सङ्क्रमितको सङ्ख्या तीन करोड ९८ लाख ७० हजारभन्दा धेरै पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.