अन्धाधुन्ध चक्कु प्रहार गर्ने पक्राउ

साउन २३, २०७८ मा प्रकाशित
Published at 2021-08-07

145 views

टोकियो, जापान । ओलम्पिक खेल आयोजना जारी रहँदा खेल आयोजना शहरको सुरक्षा व्यवस्था माथिनै अन्तर्राष्ट्रिय समुदायबाट प्रश्न उठ्नेगरि चक्कु प्रहारको घटना गराएका व्यक्ति नाटकिय ढंगमा पक्राउ परेका छन् । टोकियो महानगरिय प्रहरीका अनुसार शुक्रबार रात गुडिराखेको रेलभित्र अन्धाधुन्ध चक्कु प्रहार गर्दा १० जना घाईते भएका छन् । घाईते मध्ये हाल एक जनाको अवस्था गम्भिर रहेको छ । चक्कु प्रहार गर्ने ३६ बर्षिय अभियुक्तलाई प्रहरीले घटनाको करिव दुईघण्टा पछि पक्राउ गरेको छ । अभियुक्तलाई घटनास्थल भन्दा केही किलोमिटर मात्र टाढा कोउएन्जीबाट प्रहरीले पक्राउ गरेको हो । संदिग्धलाई हत्या प्रयासको आशंकामा गिरफ्तार गरिएको प्रहरीको भनाई छ । महानगरीय प्रहरी विभाग अनुसन्धानको विवरण अनुसार अभियुक्तले चक्कु प्रहारबारे भनेका छन् 'जब मैले एक खुशी महिला देखे, म उसलाई मार्न चाहन्थे ।' पक्राउ परेका युसुके सकुमा नाम गरेका कावासाकी शहरको तामा वार्डमा बस्दै आएको र उनको पेशा खुल्न नसकेको प्रहरीको भनाई छ । टोकियोको सेतागाया वार्डको सेइजो गाकुएन्माए स्टेशन नजिकै चलिरहेको ओदाक्यु लाइनमा बीस बर्षकी एक कलेज पढ्ने छात्रामाथि सात ठाउँमा छुरा प्रहार हुँदा गम्भीर घाइते भएकी थिइन्, र अन्य नौ जना सामान्य घाइते भएका थिए । ओदाक्यु इलेक्ट्रिक रेलवेका अनुसार एक व्यक्ति रेलभित्र चक्कु चलाइरहेको खवरपछि सोशिगाया ओकुरा स्टेशनको अगाडि आपतकालीन रोकिएको थियो । महानगरीय प्रहरी विभागले घटनास्थलबाट भागेका एक व्यक्तिको ठिकानाको अनुसन्धान गरिरहेको थियो, तर शुक्रबार राती १० बजे, घटनाको करिब डेढ घन्टा पछि, उनले सुगिनामी९कु मा एक कन्भिनियन्स स्टोरमा पुगेर आफैंले घटनाबारे बताएका थिए । जुन स्थान केवल ५ किलोमिटर टाढा थियो । कन्भिनियन्स स्टोरमा गएपछि, थकानले स्टोरका प्रबन्धकलाई अभियुक्तले भनेका थिए म अहिले समाचारमा भएको घटनाको अपराधी हुँ । म भाग्दा भाग्दा थकित छु। टोकियो महानगरीय पुलिस विभागका अनुसार, उनले आरोप स्वीकार गरेका छन् । महानगरीय प्रहरी विभागले घटनाको विवरण र यसको उद्देश्य स्पष्ट गर्न अनुसन्धान जारी राखेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.