टी–२० क्रिकेटमा कुशल भुर्तेलको लगातार तेस्रो अर्धशतक

Posted on: April 20, 2021 | views: 325

काठमाडौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगकाे खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । 

प्रतियाेगिताकाे चाैथाे खेलमा कुशल ४६ बलमा ६२ रन बनाएर आउट भए । उनले एक छक्का र आठ चाैका प्रहार गरे । कुशललाई १४ ओभर तीन बलमा नेदरल्याण्ड्सका भिभियान किङ्गमाले आउट गरे । 

प्रतियाेगितामा कुशलकाे याे लगातार तेस्राे अर्धशतक हाे । यही शृङ्खलाबाट टी–२० क्रिकेटमा डेब्यू गरेका कुशलले पहिलाे खेलमा नेदरल्याड्सविरुद्ध ६२ रन र दाेस्राे खेलमा मलेसियाविरुद्ध अविजति ६१ रन बनाएका थिए । 

नेपालले दियाे नेदरल्याण्ड्सलाई २०७ रनकाे लक्ष्य :

नेपालले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई दुई सय सात रनकाे लक्ष्य दिएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएकाे हाे । 

नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियाेगितामा कुशलकाे याे लगातार तेस्राे अर्धशतक हाे । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनकाे याेगदान गरे । त्यस्तै साेमपाल कामीले अविजित २१ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुई/दुई विकेट लिए ।  प्रतियाेगितामा नेपालले यसअघिका दुई वटै खेल जितेकाे छ । याे खेल जितेमा नेपाल एक खेलअघि नै फाइनलमा पुग्नेछ ।