निलकण्ठ माविको लागी जुट्यो २१ लाख, चन्दा संकलन अभियान अझै जारी

Posted on: May 13, 2021 | views: 563

वेत्रावती । रसुवा जिल्लाको सबैभन्दा पहिलो विद्यालय निलकण्ठ माध्यामिक विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसगैँ नयाँ भवन निर्माणको लागी जग्गा खरिद गर्न सुरु गरिएको चन्दा संकलनमा करीब २१ लाख रुपैयाँ जम्मा भएको छ । ‘नमूना विद्यालय’मा छनोट भएसगैँ जग्गाको अभाव पूरागर्न विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, बुद्धिजिवी तथा दानवीरहरुले सयुक्त रुपमा सुरु गरेको चन्दा संकलनको एक महिनाको अवधिमा २० लाख ९२ हजार रुपैयाँ जम्मा भएको “आर्थिक संकलन र प्रचारप्रसार विभाग’का सदस्य समेत रहनुभएका विद्यालयका शिक्षक गणेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार सहयोग संकलनको पहिलो दाता रसुवाको उतरगया गाउँपालिका वडा नं .५ बेत्रावती बजारमा घर भएर हाल बेल्जियममा बस्दै आउनुभएका मिरा डगोल रहनुभएको छ । उहाँले एक लाख १०० रुपैयाँ उपलब्ध गराई सहयोग अभियानको शुभारम्भ गर्नुभएको हो । 

हालसम्म सबैभन्दा धेरै आर्थिक सहयोग गर्नेमा रसुवाकै उतरगया गाउँपालिका वडा नं. २ सिम्ले निवासी समाजसेवी लेखनाथ अधिकारी कायम रहनुभएको छ । उहाँले एक लाख एक हजार १५५ रुपैयाँ सहयोग गर्नुभएको हो । विद्यालयका पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, व्यावस्थापन पक्ष, स्थानीय समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, कर्मचारी, जनप्रतिनिधि लगायत गरेर अहिलेसम्म १९८ जनाबाट सहयोग जुटेको छ । सहयोग संकलन अभिायन जारी रहेको आर्थिक सहयोग संकलन अभियानका प्रचारप्रसार विभागका प्रमुख शशी डंगोलले जानकारी दिनुभएको छ । उहाँँको अनुसार अभियानलाई अहिले कोरोना रोग रोक्नको लागी लगाइको निषेधाज्ञाको समयमा पनि सामाजिक सञ्जाल लगायतको माध्यमबाट सक्रिय रुपमा दाताहरुसंग रकम जोहो गर्ने क्रम चलिरहेको छ । 

२००७ सालमा स्थापना भएको रसुवाको पहिलो निलकण्ठ विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसगैँ सुविधा सम्पन्न भवन र आवाशीय सरचना बनाउन नेपाल सरकारबाट बजेट सुनिश्चित भएसगैँ जग्गा खरिद गर्न सम्बद्ध पक्षहरुसंगको सहकार्यमा आर्थिक संकलन अभियान थालिएको  विद्यालयका प्रधानध्यापक गोविन्दप्रसाद रिमालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार नमूना विद्यालय कार्यक्रमको लागी अति आवश्यक परेको चार रोपानी जग्गा खरिदको काम कानूनी प्रक्रिया मार्फत प्रतिस्पर्धाको आधारमा अघि बढाइएको छ । 

चार रोपनी जग्गा स्थानीय जग्गाधनी बसन्त आचार्यसंग खरिद गर्न लागिएको छ । उहाँको जग्गा ७६ लाख ८० हजार रुपैयाँमा खरिद गर्न दाताबाट संकलन भएको रकमबाट विद्यालयले अहिले १० लाख रुपैयाँ बैना समेत दिइसकेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिनुभएको छ । विद्यालयको लागी जग्गा खरिद सहित पूर्वविद्यार्थी स्मारक, उद्यान लगायतका संरचना निर्माणको लागी करिब एक करोड रुपैयाँ आवश्यक पर्ने भएकाले चन्दा संकलन अभियानमा अहिले करीब २१ लाख रुपैयाँ पुगेकाले यो अभियान निरन्तर चलाइने भएको छ । 

रसुवाको बोगटीटारमा सञ्चालनमा रहेको भएपनि निलकण्ठ माध्यामिक विद्यालय नुवाकोट र रसुवा दुवै जिल्लाको विद्यार्थीको लागी पायक पर्ने र गुणस्तरीय शिक्षाको लागी प्रसिद्ध रहेको छ ।  ‘नमूना विद्यालय’ कार्यक्रममा छनोट भएसगैँ विद्यालयमा अहिल ढेड करोड रुपैयाँ भन्दाबढी रकम आवशीय भवन बनाउन नेपाल सरकारबाट बजेट बिनियोजन छ । उक्त भवन निर्माणको लागी स्थान  अभाव भएकाले खरिद गर्न लागिएको जग्गा आगामी असारभित्रै विद्यालयको नाममा कायम गर्ने लक्ष्य राखिएको छ । जग्गा खरिदको लागी अझै धेरै रकम अभाव भएकाले दाता तथा शिक्षा प्रेमीहरुसंग विद्यालयले सहयोगको अपिल गरेको छ ।