काठमाडौं,पुस ३ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य मूल्य बढाएको छ । ग्यासको मूल्य भने पुरानै कायम रहेको छ । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।

पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा र डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० मूल्य बढाइएको आयल निगमले जनाएको छ । ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ । डिजेल र मटितेलमा दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ । ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।

17.52¡ÆC