टोकियोमा ‘पुरानो डुंगा’ आउन मात्र ४ दिन बाँकी

मंसिर २९, २०७३ मा प्रकाशित | 1387 views

टोकियो ।
यस बर्षको उत्कृष्ठ चलचित्र मध्येको एक पुरानो डुंगाको जापानमा प्रदर्शन हुन चार दिन बाँकी रहेको छ ।

चलचित्र प्रदर्शनको मिति नजिकिंदै गर्दा चलचित्र हेर्न कुरी बसेका जापानबासी नेपालीहरु उत्साहित देखिएका छन्  ।

सफल निर्देशक रामबाबु गुरुगं सँगै दयाहाङ राई र प्रियंका कार्कीको उत्कृष्ठ अभिनय रहेको चलचित्र पुरानो डुंगा जापानमा यहि १८ तारिखमा प्रदर्शन हुँदैछ ।

कबड्डी र कबड्डी कबड्डी जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका सफल निर्देशक रामबाबु गुरुगंका कारण पनि लोकप्रिय बनेको चलचित्रमा माझी दाजुभाइको कथामा युवाप्रति शहरको आकर्षण र पुर्ख्यौली सम्पत्तीमाथि दाजुभाईको हानाथापमा आधुनीक कथाको फ्युजन रहेको बताइएको छ ।

जापानमा यहि १८ तारिख मध्यान्ह २ र साँझ ६ बजे दुई शो प्रदर्शन हुन लागेको चलचित्र टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुँदैछ ।

कालीप्रसाद बाँस्कोटाको स्वरको निर जहिले रिसाउने बाट पनि लोकप्रिय भइरहेको पुरानो डुंगाको जापान प्रदर्शनको अधिकाशं टिकट विक्रि भइसकेको आयोजकले जानकारी दिएको छ ।

पोखरालाई आधार बनाएर बनाइएको चलचित्र हेर्दा सामान्य कथा लागेपनि मनोरम दृश्य सँगै हँसाउने कथाभित्र पारिवारिक पिडा र रसिला कथा समेत जोडिएको छ ।

प्रियंका, दयाहाङका अलावा माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको अभिनय रहेको चलचित्रको टिकट सुरक्षित गर्न तत्काल फोन तथा सम्पर्क गर्न अनुरोध गर्दै आयोजक टोकियो डिम्सले तल उल्लेखित सम्पर्क ठेगानामा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

अँग्रेजि नयाँ बर्ष २०१७ को पूर्व सन्ध्यामा शुभकामना आदान
प्रदान र भेटघाटको अवसर जराएर हुन लागेको चलचित्र प्रदर्शनको
टपनेपालन्युजडटकम अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।BOOKING CONTACT !!
For
more details and information, plz contact :080-4355-5258,
080-3594-0800, 080-7698-7075 or go to page Tokyo Dreams Entertainment !!

'PURANO DUNGA'
18th dec / 1st show 14:00, 2nd show 18:00 Meguro Kumin Center Hall ! -

नेपालमा लोकप्रिय र सफल प्रदर्शन गरेको पुरानो डुंगा जापान प्रदर्शन मिति नजिकिंदै

बहुप्रतिक्षित चलचित्र 'पुरानो डुंगा' जापानमा प्रदर्शन हुँदै

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web