राप्रपा कार्यसमिति विस्तार, को-को भए मनोनित ?

मंसिर २८, २०७३ मा प्रकाशित | 1320 views

काठमाडौं,मंसिर २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दिपक बोहरा र प्रतिभा राणासहित ६ जनालाई पार्टीको उपाध्यक्षका लागि मनोनयन गरेको छ । एकीकरण पछि  विस्तार गरेको कार्यसमितिमा   ६ उपाध्यक्ष, ६ महामन्त्री, दुई कोषाध्यक्ष, दुई प्रवक्ता र चार सहायक प्रवक्ता छन् ।

उपाध्यक्षमा दिपक बोहोरा, राजीब पराजुली, बुद्धिमान तामाङ, निरञ्जन थापा, प्रतिभा राणा र हरिनारायण यादव रहेका छन् । त्यसैगरी महामन्त्रीमा टंक ढकाल, धु्रब बहादुर प्रधान, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवल शमशेर जबरा, नरेन्द्र चौधरी, कोषाध्यक्षमा उद्धव पौडेल र निलकण्ठ काफ्लेलाई मनोनित गरिएको छ । त्यसैगरी प्रवक्तामा ठाकुर शर्मा र राजाराम श्रेष्ठ र सहप्रवक्तामा किरण गिरी, मोहन श्रेष्ठ, बसन्तमान सिंह अधिकारी र राजाराम बर्तौलालाई चयन गरिएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web