गोकर्ण अधिकारी-टोकियो ।
रामेछाप जिल्लाको लागि एम्बुलेन्स सहयोग गर्न भन्दै आयोजित रामेछाप सांगीतिक साँझ २०१६ सफल रुपमा सम्पन्न भएको छ ।

नेपालबाटै आधा दर्जन कलाकार झिकाएको आयोजकले बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो’ भन्ने मूल नारा साथ सांगितिक कार्यक्रम गरेर सहयोग जुटाउने मेलो गरेको हो ।

कार्यक्रममा गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती, गायिका सिर्जु अधिकारी, हाँस्य ब्यंग्य कलाकार बल्छीको नामले चिनिने मरिचमान श्रेष्ठले आफ्नो प्रस्तुती दिए ।

कार्यक्रममा साकुरा एल्बम बिमोचन गरिनुका साथै संगिता क्षेत्री र सुरेस लामाले नृत्य प्रस्तुत गरेका थिए ।

दिउँसो ४ बजेबाट सुरु हुने भनिएपनि अतिथिहरुको सम्मान र सम्वोधनले गर्दा कार्यक्रम ७ बजेबाट मात्र सुरु भयो ।

नेपालबाट आएका केही कलाकारहरुले आफ्नो प्रस्तुती देखाउँदा देखाउँदै छोट्याउनुपरेको थियो भने अधिकाशं कलाकारले गिहरु पुरा गाउन पाएनन् । जापानमा रहेका गायकहरु सुर्य खड्का, बिनोद भण्डारी लगायतले समय अभावका कारण आफ्नो प्रस्तुती देखाएनन् ।

कार्यक्रममा इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती लगायतको गितमा उपस्थित दर्शकहरुले नाचेर रमाइलो गरेका थिए भने हांस्य कलाकार बल्छी धुर्वेले हँसाएर सबैलाई मनोरञ्जन दिंदा अन्य कलाकारको प्रस्तुतीमा उपस्थित दर्शकहरुले मनोरञ्जन लिएका थिए ।

17.4¡ÆC