<p style="margin-top: 10px; outline-width: medium; padding: 0px; font-size: 16px; line-height: 1.6em; text-align: justify; font-family: Arial, Helvetica, sans-serif; background-color: rgb(249, 249, 249);">काठमाडौं,मंसिर २५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावको विरोध गरेको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेको कडा आलोचना गरेको छ । शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले एमालेले संविधान संशोधनको विरुद्धमा चलाएको आन्दोलन अतिवादी, विखण्डानकारी र उग्रवादी भएको भन्दै आलोचना गरेको हो ।</p><p style="margin-top: 10px; outline-width: medium; padding: 0px; font-size: 16px; line-height: 1.6em; text-align: justify; font-family: Arial, Helvetica, sans-serif; background-color: rgb(249, 249, 249);">आन्दोलनलाई प्रतिक्रियावादीहरुले उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डाको संज्ञा समेत दिएको छ । बैठकले एमालेको आन्दोलनलाई शोषक वर्गले उत्पीडित जनताको विरुद्धमा चलाएको वितण्डा भएको निष्कर्ष निकाल्दै त्यसको निन्दा गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।</p><p style="margin-top: 10px; outline-width: medium; padding: 0px; font-size: 16px; line-height: 1.6em; text-align: justify; font-family: Arial, Helvetica, sans-serif; background-color: rgb(249, 249, 249);">एमालेले संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै देशव्यापी रुपमा आन्दोलन चलाउने निर्णय गरेकै बेला मोर्चाले राष्ट्रिय एकताालाई खलल पार्ने खालका कुनै पनि गतिविधि नगर्न समेत एमालेको ध्यानाकर्षण गराएको छ ।<br style="margin: 0px; outline-width: medium;">‘ए ‘कुनै पनि प्रस्तावलाई संसदमा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान गर्नु हो’, मोर्चाले विज्ञप्तीमा भनेको छ, ‘यस्ता अलोकतान्त्रिक र निन्दनिय कार्यलाई तत्काल रोकिनुपर्छ ।’</p>
29.12¡ÆC