२६ चैत, काठमाडौं ।
सन् २०१६ को मिस नेपाल उपाधि अश्मी श्रेष्ठले उचालेकी छिन् । १८ प्रतिस्पर्धीलाई पछि पार्दै अस्मि मिस नेपाल– २०१६ घोषित भएकी हुन् ।
अस्मिलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पहिर्याइ दिएकी दिइन् ।
दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मिले आगामी मिस वर्ल्डमा नेपालको तर्फवाट सहभागी हुने अवसर पाउनेछिन् । मिस नेपाल उपाधि सँगै उनले दर्जन बढी पुरस्कार समेत पाएकी छिन् ।
यस्तै मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले जितिन् भने मिस नेपाल सेकेन्ड अनर अप वर्षा लेखी भइन् ।
यस पटक मिस नेपाल छनौटको लागि काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामा समेत अडिसन गरिएको थियो ।
17.31¡ÆC